खुल्यो जनसम्पर्क समितिको अधिवेशनको बाटो
६ महिनाभित्र अधिवेशन गर्नुपर्ने कांग्रेसको निर्णय

4 महिना अगाडी

काठमाडौँ, भदौ १८ । अन्यौलमा रहेको नेपाली जनसम्पर्क समिति,अमेरिकालगायत कार्यकाल सकिएका सबै जनसम्पर्क समितिको नयाँ अधिवेशनको बाटो खुलेको छ । मातृ पार्टी नेपाली कांग्रेस केन्द्रीय समितिको मंगलवारको बैठकले म्याद सकिएका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन छ महिनाभित्र गर्ने गरी निर्णय गरेपछि अधिवेशन प्रक्रियाको बाटो खुलेको हो । कांग्रेसको यो निर्णयसंगै अब विदेशमा  निर्वाचित कार्यकाल समाप्त गरिसकेका करीब १८ वटा मुलुकका जनसम्पर्क समितिको नयाँ अधिवेशन प्रक्रिया सुरु हुनेछ । 
मंगलवारको बैठकमा पार्टी उपसभापति बिमलेन्द्र निधिले पार्टीको नियमावली, समय सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनका लागि विधान तयार गर्ने विषयलगायत सबैमा सहमतिसाथ अघि बढ्ने समझदारी बनेको बैठकमा जानकारी गराएका थिए । बैठकपछि समय गुजारेका पार्टीका भ्रातृ संगठनको वर्तमान केन्द्रीय समितिलाई नै थप छ महिनाको समय दिएर महाधिवेशनमा पठाउने निर्णय गरेको नेता रामचन्द्र पौडेलले जानकारी दिएका थिए ।
बैठकले म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र विधान निर्माणका लागि एनपी सावदको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ । समितिमा श्यामकुमार घिमिरे, नवीन्द्रराज जोशी, गोविन्द भट्टराई, गरुराज घिमिरे, प्रदीप पौडेल र ईश्वरी न्यौपाने सदस्य छन्। समितिलाई सात दिनभित्र विधानको मस्यौदा पेस गर्ने अधिकार दिएको छ। समितिले नयाँ माग भएका जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संगठनमा कस कसलाई मान्यता दिने भन्नेबारे पनि सिफरिस गर्नेछ।
यसैबीच कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका नेपाली जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष आनन्द विष्टले पार्टीको यो निर्णयसंगै अब अमेरिकामा स्थगनमा रहेको समितिको अधिवेशन प्रक्रिया सुचारु हुने जानकारी दिएका छन् । 'पार्टीले म्याद सकिएका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन ६ महिनाभित्र गर्ने निर्णयको म स्वागत गर्दछु र यसले विश्वभरका जनसम्पर्क समितिका साथीहरुको बीचमा उत्साह जगाएको छ,अब हामी प्रक्रियागत रुपमा अधिवेशन सुचारु गर्नेछौं' अध्यक्ष विष्टले भने । उनका अनुसार पार्टीको यो निर्णयको औपचारिक निर्देशन र पत्राचार प्राप्त भएपछि समितिको बैठक बसेर अधिवेशन प्रक्रियालाई सुचारु गरिनेछ । 'हामी पार्टीको निर्णय अनुसार अघि बढ्नेछौं' विष्टको भनाई छ । 
कांग्रेसको यो निर्णयसंगै भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै सदस्यहरुमा अधिवेशनको उत्साह जागेको छ ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Teej In Baltimore

Baltimore Teej ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter