खुल्यो मन्दिरको ढोका
बाल्टिमोरमा नेपालीहरुको आफ्नै मन्दिर संचालनको तयारी

1 महिना अगाडी

बाल्टिमोर,अमेरिका,जनवरी २५ । बाल्टिमोरमा नेपाली अमेरिकन कल्चर सेन्टर अफ बाल्टिमोरको तर्फबाट निर्माण गर्न लागिएको बहुप्रतीक्षित मन्दिर निर्माणको अवरोधको ढोका खुलेको छ । स्थानीय बाल्टिमोर काउन्टी सरकारले सार्वजनिक सुनुवाई,छलफल र कानुनी प्रक्रिया पुरा गरेपछि सोही सेन्टरको नाममा खरीद गरिएको जग्गा र भवनमा नै मन्दिर निर्माण र संचालनको लागि आज अनुमति दिएपछि मन्दिर निर्माणको सपनाले सार्थकता पाउने बाटो खुलेको हो ।
मन्दिर निर्माणका संस्थापक अगुवा मध्येका एक कृष घिमिरेले आज सेन्टरको फेसबुक पेजमार्फत काउन्टी सरकारले मन्दिर संचालनका लागि अनुमति प्रदान गरेको जानकारी पोष्ट गरेका छन् । गत बुधवार मात्र काउन्टी सरकारले यस बारेमा सार्वजनिक सुनुवाई गरेको थियो । 
सरकारी र कानुनी प्रक्रिया पुरा नगरी लाखौं डलरको जग्गा र घर खरीद गरिसकेपछि विगत एक वर्षदेखि मन्दिर निर्माण हुने कि नहुने भन्ने अन्यौल सिर्जना भएको थियो । बैंकले लिलामी गरेको निकै पुरानो निजी घर र जग्गा सस्तो मूल्यमा पाएको भन्दै सेन्टरका तर्फबाट गत वर्ष घर,जग्गा खरीद गरिएको थियो ।
तर व्यक्तिगत प्रयोगमा रहेको बोनापार्ट मेन्सनको नाममा चर्चित यो निजी निवासमा सार्वजनिक कार्यक्रम गर्न अनुमति मिल्ने हो कि होइन भन्ने बारे यसका अभियन्ताहरु सुरुमा पूर्ण बेखबर रहे । जब मन्दिर निर्माणका लागि भवन सरसफाई र मर्मत सम्भार गर्ने,नेपालीहरुको आवतजावत हुने र अन्य गतिविधि बढ्न थाल्यो तब त्यस वरपरका बासिन्दाहरुको पनि ध्यान आकर्षित हुन पुग्यो । अमेरिकाको कानुन अनुसार कुनै पनि निजी प्रयोजनको घर,जग्गालाई सामाजिक रुपमा संचालन गर्नका लागि सामुदायिक सुनुवाईको प्रक्रिया पुरा गर्नुपर्छ । यही प्रक्रिया पुरा गर्न पनि सोही क्षेत्र वरपर बस्ने स्थानीय बासिन्दाले सहमति दिएनन् भने सरकारले समेत केही गर्न सक्दैन । यही प्रक्रियामा अल्झिएको थियो नेपाली मन्दिर निर्माणको चरण पनि ।
अन्तत: लामो समयको अन्यौल र विभिन्न समूह र सरकारी अधिकारी एवं स्थानीय तहका निर्वाचित अमेरिकी जनप्रतिनिधि र सामुदायिक अगुवाहरुसंगको चरण चरणको छलफलपछि काउन्टी सरकारको सार्वजनिक सुनुवाईसम्म पुरा गरेर यसले मन्दिरको ढोका खोल्ने सफलता पाएको छ । अभियन्ता कृष घिमिरेले लेखेका छन्,-'तपाईंहरु सबैको साथ,सहयोग र निरन्तरको प्रयासले आज यो सफलता प्राप्त भएको छ । यसका लागि म यस परिसरका हाम्रा छिमेकीसहित तपाईंहरु सबैलाई धन्यवाद व्यक्त गर्दछु ।' अब यस क्षेत्र आसपास बस्ने हिन्दू एवं बौद्ध धर्मावलम्बीहरु (खासगरी नेपाली मूलका) ले आफ्नै नजिक हिन्दू-बुद्ध मन्दिरको दर्शन गर्ने पाउने सपना पुरा हुने भएको छ । यो नै सबैभन्दा ठूलो खुशी हो ।
बाल्टिमोर आसपास दशकौंदेखि दशौँ हजार नेपाली बस्ने भएता पनि नेपालीहरुको आफ्नै स्व:स्फूर्त पहलमा मन्दिर निर्माणको चाहिं यो पहिलो प्रयास हो । अहिले मन्दिरको लागि प्रस्तावित भवनको रंगरोगन गर्ने र सरसफाई गर्ने बाहिरी काम सकिएको छ । मन्दिर निर्माणको सोचसहित क्रियाशील रहेका अभियन्ता कृष घिमिरे भन्छन्,-' मन्दिरको मूख्य भवनको बाहिरी काम सकिएको छ,अब हामी भित्री रंगरोगन,मर्मत र सरसफाई सकेर चाडै नै विधिवत पूजाआजाको काम सुरु गर्ने तयारी गर्दैछौं ।' त्यसो त यही मन्दिर निर्माणका लागि सहयोग संकलन गर्न भनेर आगामी अप्रिल १६ देखि २२ तारिखसम्म यहाँ सप्ताहव्यापी महापुराण लगाइने भएको छ । 
यस्तो छ प्रस्तावित मन्दिरले ओगट्ने भवन,योजना र जग्गाको क्षेत्र 
पुरानो भएता पनि यो घर निकै महत्वको रहेको छ । बोनापार्ट मेन्सन (हबेली) को नामले परिचित यो घर बैंक लिलामीको चरण हुँदै नेपालीहरुको सार्वजनिक सम्पति बन्ने भएको छ । कूल  ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना रहेको यो सम्पति नेपालीहरुले आफ्नै श्रोतमा कूल ६ लाख ८० हजार डलरमा खरीद गरेका हुन् । 
मर्मत सम्भार गरी पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब १६ लाख डलर लाग्ने अभियन्ताहरुको प्रारम्भिक अनुमान थियो  तर अहिलेसम्मको प्रगति हेर्दा पूर्व अनुमानित रकम कम हुने देखिएको छ । यसकै लागि विभिन्न माध्यममार्फत सहयोग संकलन गर्ने कार्य पनि जारी राखिएको छ । 
मूल भवनले   क्षेत्रफल ओगटेको छ भने टेनिस कोर्ट,पूजाका लागि छुट्टै स्थान,पानीको फोहोरा (फाउन्टेन) लगायतका अन्य संरचनाको पनि मर्मत सम्भार हुँदैछ ।
बस्तीबाट केही माथिको डाँडामा रहेको यो ठाउँ निकै आकर्षक पनि छ । ऊ माथि शिवपुरी डाँडा भने जस्तै ठाउँ छ अहिले नेपालीहरुले आफ्नै श्रोतमा बनाउन लागेको प्रस्तावित मन्दिर क्षेत्र जहाँ ६ हजार पाँच सय स्क्वायर फीट क्षेत्रफलमा मूख्य भवन छ,जुन भवनलाई अहिले पहेंलो रंगले उज्यालो र मन्दिर भवनको संकेतको रुपमा सिंगारिएको छ । सोही भवनमा ६ कोठा र दुई तल्ला छन् भने भविश्यमा पुजारी बस्नका लागि परिसरमै छुट्टै घर छ । जग्गा धेरै भएका कारण भोली नेपालीहरुले सामुदायिक भवन,धर्मशाला, क्यान्टिन, सभाहल जे चाहे पनि बनाउन सक्ने अवस्था छ । त्यसो त खुल्ला क्षेत्रमा खाली जग्गा प्रशस्त भएका कारण भविश्यमा यो क्षेत्रलाई धार्मिक आस्थाको अध्ययन अनुसन्धान केन्द्र बनाउन पनि सकिन्छ ।

थप यो पनि ,

यसरी बन्दैछ बाल्टिमोरमा मन्दिर

बाल्टिमोरमा सप्ताहव्यापी महापुराण लगाइने 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter