गौरी जोशीलाई नरोक्नु, उम्मेदवारी कायम राखी निर्वाचन गर्नु :आइसीसी

5 महिना अगाडी

टेक्सास,अमेरिका,अगष्ट ८ । एनआरएन आइसीसीले एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीको उम्मेद्वारीको योग्यता बारे छानबीन गर्न गठित समितिले जोशीलाई उम्मेद्वारीबाट बन्चित गर्नुपर्ने कुनै कारण नरहेको प्रतिवेदन पेश गरेको छ । समितिले पेश गरेको प्रतिवेदनलाई आइसीसी सचिवालय बैठकले अनुमोदन गरेको छ । बैठकले अनुमोदन गरेको निर्णयसहित आइसीसी महासचिव डाक्टर बद्री केसीले आइसीसीका अमेरिकास्थित क्षेत्रीय संयोजक सोनाम लामा र उप-संयोजक एसी शेर्पालाई पत्राचार समेत गरेका छन् । महासचिव केसीले अगष्ट ७ तारिख हिजो सोमवार बसेको आइसीसी सचिवालय बैठकले समितिको प्रतिवेदन अनुमोदन गरेको भन्दै समितिको निष्कर्षलाई कार्यान्वयन गर्न २४ घण्टाको समय दिई पत्राचार गरेका छन् ।

आइसीसी महासचिव डाक्टर केसीले क्षेत्रीय संयोजक लामालाई सम्बोधन गरी २४ घण्टाभित्र कार्यान्वयन गर्न भन्दै प्रेषित गरेको पत्रमा गौरी जोशीको उम्मेद्वारी कायम गर्नुपर्ने मूख्य बुंदाहरुसमत उल्लेख छ । पत्रमा भनिएको छ,-' गौरिराज जोशीले एनसिसि युएसएको निर्वाचन आयोगमा रितपूर्वक आवश्यक कागजद पेश गरी तोकिएको मितिमा अध्यक्ष पदमा मनोनयन गरेको देखिन आएकोले निजको उम्मेदवारी कायम राखी निर्वाचन गर्नु पर्ने समितिको ठहर छ।' 
पत्रका मूख्य बुँदा र आइसीसी महासचिव केसीले लेखेको पत्र जस्ताको तस्तै: 
क) २१ जनवरी २००६ देखि NAC नै एनसिसि युएसएको रुपमा कार्यरत रहेको।
ख) गौरीराज जोशी NAC अथवा एनसिसि युएसएमा २००७-२००९ कार्यकालमा कार्यकारी पदमा काम गरेको प्रमाणित हुन्छ।
ग) गौरीराज जोशीले एनसिसि युएसएमा एक कार्यकाल काम गरी सकेकोले आईसिसिको विधानको दफा २३.११ अनुसार एनसिसि युएसएको अध्यक्ष पदमा उम्मेदबार बन्न योग्य ठहरिन्छन।
घ) गौरिराज जोशीले एनसिसि युएसएको निर्वाचन आयोगमा रितपूर्वक आवश्यक कागजद पेश गरी तोकिएको मितिमा अध्यक्ष पदमा मनोनयन गरेको देखिन आएकोले निजको उम्मेदरवारी कायम राखी निर्वाचन गर्नु पर्ने समितिको ठहर छ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter