चलचित्र दि कर्माका्े घोषणा
नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्नेछ ।

2 महिना अगाडी

काठमाण्डौं, साउन २५ थिम पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र ‘दि कर्मा’ घोषणा गरिएको छ । तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित यो चलचित्रलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् ।

नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्नेछ । मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो चलचित्रमा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहनेछ । बलीउड तथा दक्षीण भारतिय चलचित्रमा सक्रिय रुपमा काम गरिरहेका दिपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका टलीउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन् । यो चलचित्रमा दिपक भारतबाट नेपाल आई सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् ।

भाद्र महिनाभित्र मुहर्त गरिने यो चलचित्रमा अर्का कलाकार करण आहुजाको पनि महत्वपूर्भ भूमिका रहनेछ । भारतको दिल्लीका बासिन्दा करण चलचित्रको दोश्रो प्रमूख कलाकारको रुपमा रहनेछन् । करण भारतका सफल मोडल हुन् । उनले टलीउड चलचित्रमा पनि काम गरिरहेका छन् । चलचित्रमा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ भने नायिकाको भने छनौट भईसकेको छैन । चलचित्रको मुहर्त अवधिसम्म नायिका छनौट गरेर वर्कशपमा जाने निर्देशक घिमिरेले बताए । मुहर्तमा चलचित्रमा अभिनय गर्ने सम्पूर्ण कलाकार नेपाल आउनेछन् । चलचित्रको वर्कशप २० दिन सम्म चल्नेछ ।

जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शनप्रधान चलचित्र ’दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ । २०७४ भित्रै रिलीज लक्ष्य राखिएको यो चलचित्र कार्तिक तेश्रो हप्ताबाट छायांकनमा जानेछ । जय राज रोएको कथामा रहेको यस चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् । 

जय राज रोए र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रोएले बताए ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter