चिनिया नेता ली चान्सुले आज उच्चस्तरीय भेटघाट गर्ने

चिनिया नेता ली चान्सुले आज उच्चस्तरीय भेटघाट गर्ने


ग्लोब नेपाल
27
Shares

काठमाडौं । चार दिनको नेपाल भ्रमणका क्रममा चीनको राष्ट्रिय जनकँग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुले आज पनि उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने भएका छन् । लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । भोलि दिउँसो ३ बजे भने लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने जनाइएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि उनले भेट गर्ने छन् । लिले हिजो सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुका साथै ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । लि हिजो नै नेपाल आएका हुन् ।