जनसम्पर्क समिति,अमेरिकाद्वारा बाढीपीडितलाई सहयोग

19 दिन अगाडी

न्यूयोर्क,अमेरिका,अक्टुबर ४ । नेपाली जनसम्पर्क समिति,अमेरिकाले हालै नेपालको पूर्वी तराई लगायत देशका विभिन्न भागमा गएको बाढी पहिरोमा परी पीडित भएकाहरुलाई सहयोग गर्न अमेरिकाबाट १० लाख ८८ हजार ३ सय ३३ रुपैंया नेपाल पठाएको छ । मातृपार्टी नेपाली कांग्रेसले विदेशमा रहेका सबै जनसम्पर्क समितिलाई दैवी प्रकोपमा परी प्रभावित भएकाहरुलाई सहयोग गर्न राहत संकलन गरी पार्टी कोषमा जम्मा गर्नु भनि निर्देशन दिए बमोजिम समितिले यसरी रकम संकलन गरी पार्टीको खातामा जम्मा गरेको समितिका सभापति आनन्द विष्टले जानकारी दिनु भएको छ । 
राहत संकलनका लागि समितिले उप सभापति धर्मराज श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु गौतम दाहाल,लोक लामा,चन्द्र धिताल र समितिका न्यू मेक्सिको च्याप्टरका पूर्व सभापति डाक्टर देशराज संयोक सदस्य रहेको पाँच सदस्यीय समिति गठन गरी जिम्मेवारी प्रदान गरेको थियो । साथै समितिका सबै च्याप्टरलाई आ आफ्नो च्याप्टर मातहत सहयोग संकलन गरी सिधै पार्टीको खातामा वा समितिको खातामा जम्मा गर्न निर्देशन दिएको थियो । सोही अनुसार, केन्द्रीय राहत संकलन समिति र समितिको डाल्लास फोर्ट वर्थ च्याप्टरका सभापति ज्ञानेन्द्र कार्कीले च्याप्टरको तर्फबाट संकलन गरी पार्टी कोष र समितिको बैंक खातामा जम्मा गरिएको रकम समेत गरी यो रकम सहयोग गरेको समितिका संयोजक एवं उपसभापति धर्मराज श्रेष्ठले जानकारी दिनु भएको छ ।' यो रकम अमेरिकामा रहेका नेपाली कांग्रेस निकट पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुबाट संकलन गरिएको हो' संयोजक श्रेष्ठले भन्नुभयो । समितिले केन्द्रीय समितिको आगामी बैठकमा यस सम्बन्धी प्रतिवेदन पेश गर्नेछ । 'हामी सबै सहयोगी र सदस्यहरुको सहयोग राशी पारदर्शी ढंगले सार्वजनिक गर्नेछौं,त्यसका लागि हामी हाम्रो प्रतिवेदन केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी समितिको वेभसाइट र फेसबुक पेज मार्फतसार्वजनिक गर्नेछौं,पार्टीको निर्देशन अनुसार क-कसले सहयोग गरे,गरेनन् भन्ने पनि हामी विवरण सार्वजनिक गर्नेछौं' संयोजक श्रेष्ठको भनाई छ । समितिको डाल्लास फोर्ट वर्थ च्याप्टरका सभापति एवं केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले च्याप्टरका तर्फबाट संकलित दुई हजार पाँच सय १३ अमेरिकी डलर कांग्रेसको केन्द्रीय राहत कोषको खातामा सिधै जम्मा गर्नु भएको थियो । समितिले सबै सहयोगदातालाई इमेलमार्फत धन्यवाद नोट समेत पठाउने तयारी गरेको छ ।
यस राहत संकलन अभियानमा सहयोग गर्ने सबै सहयोगी दाताप्रति नेपाली जनसम्पर्क समिति,अमेरिकाले आभारसहित धन्यवाद व्यक्त गरेको छ । समितिका तर्फबाट संयोजक धर्मराज श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ,-'हामीलाई यो जिम्मेवारी प्रदान गर्नु हुने समितिका सभापति आनन्द विष्टसहित केन्द्रीय समितिकाप्रति पनि राहत संकलन समिति कृतज्ञता व्यक्त गर्दछ ।'


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter