जापानको संसद विघटन

2 महिना अगाडी

सेप्टेम्वर २८/जापानी प्रधानमन्त्रीले यहाँको राजनीतिक प्रणालीबमोजिम शक्तिशाली मानिएको संसदको तल्लो सदन बिघटन गर्नुभएको समाचार छ । उहाँले यहाँको प्रतिनिधि सभा बिघटन गरेर आमनिर्वाचनको अर्को मिति पनि तोक्नुभएको छ । प्राप्त जानकारी अनुसार जापानको अर्को निर्वाचन आगामी अक्टोबरको २२ तारिखका लागि आह्वान गरिएको छ । उहाँले बिहीबारै साँझ आह्वान गरिएको संसद बैठकलगत्तै उक्त सदन बिघटन गर्नुभएको हो । उहाँले संसद बिघटन गर्नसक्ने चर्चा यसअघि नै चलिरहेको थियो । बिहीबारको सो बैठकमा सभामुखले संसद बिघटनको सूचनाको बारेमा पनि पढेर सुनाउने कार्यक्रम रहेको थियो । तर सो सभाको बैठक विपक्षी दलहरुले भने बहिस्कार गरेका थिए । जापानी प्रतिपक्षीहरुले प्रधानमन्त्रीको सो कदमको बिरोध गरिरहेका छन् । उनीहरुले समय पुग्नुअगावै प्रधानमन्त्रीले संसद बिघटन गर्नुपर्नाको कारण पनि माग गरेका छन् । संसद बिघटनको बारेमा प्रधानमन्त्रीले विपक्षीलाई थाहा नदिएको तथा आवश्यक मात्रामा परामर्श पनि नगरेको आरोप विपक्षीहरुको छ । 
उनीहरुले प्रधानमन्त्रीले संसद बिघटन अघि कुनै नीतिगत जानकारीको बारेमा संसदलाई सम्बोधन नगरेको, संसदीय बहस सञ्चालन नगरेको तथा आवश्यक कुनै परामर्शका साथै पत्रकार सम्मेलन पनि आयोजना नगरेको भनी आलोचना गरेका छन् । विपक्षीहरुले आवश्यक मात्रामा विपक्षी राजनीतिक दलहरुले पनि निर्वाचको तयारीका लागि समय पनि नरहेको र यसका लागि प्रधानमन्त्रीले पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लगाएका छन् । 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter