टिपीएस हुनेले ग्रीनकार्ड पाउने तरिका
स्टाटसमा नभएको वा ओभरस्टे भएको अवस्थामा छ भने सामान्यतया अमेरिकी नागरिकता भएको व्यक्तिसँग लोग्ने वा स्वास्नीको नाता रहेको हुनु पर्दछ । साथै यस्तो बिदेशी व्यक्ति आपराधिक एवं अन्य कानुनद्धारा अमेरिकामा बस्न नपाउने गरि प्रतिवन्धित भएको हुनु हुँदैन ।

2 महिना अगाडी
विनोद रोका

अमेरिकी अद्यागमन कानुनको सेक्सन २४५(ए) अनुसार कुनै बिदेशी अमेरिकामा जाँचपास वा पेरोल्ड भएर “inspected, and admitted or paroled”  प्रवेश गरेमा रोजगारदाता वा पारिवारिक भीषा स्पोन्सरको आधारमा यही बसेर ग्रीनकार्ड पाउन सक्दछन् । यसरी ग्रीनकार्ड पाउनका लागि विदेशी स्ष्टाटसमा हुनु पर्दछ ।  स्टाटसमा नभएको वा ओभरस्टे भएको अवस्थामा छ भने सामान्यतया अमेरिकी नागरिकता भएको व्यक्तिसँग लोग्ने वा स्वास्नीको नाता रहेको हुनु पर्दछ । साथै यस्तो बिदेशी व्यक्ति आपराधिक एवं अन्य कानुनद्धारा अमेरिकामा बस्न नपाउने गरि प्रतिवन्धित भएको हुनु हुँदैन ।

अमेरिकी अद्यागमन विभागको ब्याख्या अनुसार जाँचपास वा पेरोल्डको मापदण्ड भनेको विदेशी बि१ बि२,(व्यापार ।घुमफिर), एफ१(विद्यार्थीं), एच१ (काम), जस्ता नन ईमिग्रेण्ट (अस्थायी) भीषामा अमेरिकामा आएको हुनु पर्दछ । अर्थात् अमेरिकी अद्यागमन बिभागले अमेरिकी कन्सुलरले दिएको भीषाको आधारमा जाँचपास भै अमेरिकामा प्रवेश गर्न र निश्चित समयसम्म बस्ने अनुमति दिएको हुनु पर्दछ ।

अमेरिकी अद्यागमन विभागकोे परिभाषा अनुसार भीषा नलिई अनधिकृत रुपबाट अमेरिकामा प्रवेश गरेका अर्थात् सिमानाबाट छिरेका विदेशीहरुले भने अमेरिकामा आएर यहाँको नागरिकसँग बिवाह गरेपनि अमेरिकामै रही ग्रीनकार्ड लिन सक्दैनन् । किनभने उनीहरु अमेरिकी अद्यागमन बिभागका अधिकृतबाट जाँचपास वा पोरोल्ड भएका हुँदैनन् । तर अमेरिकामा रहेका ११ वटा सर्किट कोर्ट मध्येका २ वटा सर्किट कोर्टले अद्यागमन बिभागले गरेको व्याख्या गलत भएको ठहर गरेका छन् ।

अमेरिकाको छैठौ (Flores v. U.S. Citizenship & Immigration Servs., 718 F.3d 548 (6th Cir. 2013) सर्किटकोर्टले ४ जुन २०१३ मा टिपीएस एवं एडभान्स पेरोल पाएको बिदेशी व्यक्तिले अमेरिकी नागरिकसँग बिवाह गरी पारिवारिक भीषा स्वीकृत भएको रहेछ भने अमेरिकामा नै बसेर ग्रीनकार्ड लिन सक्छन् भनि फैसला गर्यो । अदालतका अनुसार टिपीएस एवं एडभान्स पेरोल पाउने बिदेशीले जाँचपास वा पेरोल्ड भएर आउने विदेशीले भन्दा बढी प्रकृया पुरा गरी जाँचपास भएर टिपीएसको सुबिधा पाउने हुँदा मौजुदा कानुनले भनेको जाँचपासको प्रकृया पुरा भएको छ । छैठौं सर्किटकोर्ट अन्तर्गत केन्टकी, टेनेसी, ओहायो, ईण्डीयाना आदि राज्य पर्दछन् । अतः यो फैसला ती राज्यहरुमा बस्ने टिपीएस पाएको बिदेशीलाई मात्र लाग्दछ ।

मार्च ३१, २०१७ का दिन क्यालिफोर्नियामा रहेको नवौं सर्किटकोर्टले पनि छैठौं सर्किटकोर्टले गरेको फैसलाझैं टिपीएस पाएका विदेशीले अमेरिकी अद्यागमन कानुनले तोकेको जाँचपासको मापदण्ड पुरा गरेको अबस्था छ । तसर्थ यस मुद्दाका टिपीएस पाएका विदेशीले अमेरीकी नागरिकसँग विवाह गरी पारिवारिक भीषाको निवेदन समेत स्वीकृत भएको हुँदा अमेरिकामा नै बसेर ग्रीनकार्ड लिन सक्दछन् भनि फैसला गरेको छ । फैसलामा अदालतले टिपीएस पाएको व्यक्ति टिपीएसको अवधिभर नन ईमिग्रेण्ट स्टाटसमा रहन्छ भनि कानुनले स्पष्ट गरेको र यस्तो स्टाटसमा रहेको अवस्थामा भीषा करेण्ट छ भने ग्रीनकार्डको लागि योग्य मानिन्छ भनेको छ । यो फैसलाको आधारमा टिपीएस पाउने विदेशीले ग्रीनकार्ड पाउनु पर्दा क्यालिफोर्निया, नेभाडा, एरिजोना, ओरेगन आइडाहो र वासिंगटन राज्यहरुमा बसोबास गरेको हुनु पर्दछ । http://cdn.ca9.uscourts.gov/datastore/opinions/2017/03/31/14-35633.pdf

तर एघारौं सर्किट कोर्टले भने २०११ मा अनधिकृत रुपबाट अमेरिका छिरेका बिदेशीले टिपीएसको सुबिधा पाएपनि अद्यागमन कानुनले तोकेका जाँचपासको मापदण्ड पुरा गर्न सक्दैनन् । तसर्थ अमेरिकी नागरिकसँग विवाह गरी भीषा स्वीकृत भएपनि ग्रीनकार्ड लिन सक्दैनन् भन्ने व्याखा गरेको छ । Serrano v. USCIS, 655 F.3d 1260 (11th Cir. 2011).

अमेरिकी अद्यागमन विभागको व्याख्या अनुसार टिपीएस पाएका विदेशी सबैले स्पोन्सर भएमा अमेरिकाको ग्रीनकार्ड लिन सक्दैनन् । यसको लागि या त टिपीएस पाउने विदेशी टिपीएस पाउँदा आउट अफ स्टाटस नभएको,रोजगारदाता वा ग्रीनकार्ड भएका लोग्ने वा स्वास्नीले गरेको भीषा स्पोन्सरको निवेदन स्वीकृत भएको र टिपीएसको स्टाटस रहँदा नै भीषा करेण्ट रहेको अवस्थामा हुनु पर्दछ । 

यदि यस्तो अवस्था छैन भने माथि लेखिए बमोजिम छैठौं र नवौं सर्किट कोर्टले गरेको फैसला अनुसार अनधिकृत रुपबाट अमेरिका प्रवेश गरेका र टिपीएसको सुबिधा पाएका बिदेशीले अमेरिकी नागरिकसँग विवाह गरेको र अमेरिकी नागरिक लोग्ने वा स्वास्नीले स्पोन्सर गरेको पारिवारिक भीषा स्वीकृत भएका विदेशीले मात्र अमेरिकामै बसी ग्रीनकार्ड पाउँछन् ।

माथिको फैसलालाई सार्वजनिक सञ्जालमा टिपीएस पाएका सबै व्यक्तिले अमेरिकाको ग्रीनकार्ड पाउँछन् भनि भ्रम फैल्याईएको छ । त्यस्तै कतिपय व्यक्तिहरुले टिपीएस पाएका तर दुईवटा सर्किट कोर्टहरुले आफ्ना क्षेत्राधिकारभित्र रहेका राज्यहरुमा बस्ने र तोकिएको शर्त पुरा गरेका पारिवारिक भीषाद्धारा ग्रीनकार्ड लिनेहरुको हकमा गरेको फैसलालाई अमेरिकाको सबै राज्यमा बस्ने टिपीएस पाएका बिदेशीहरुले यो सुविधा पाउँछन् भन्ने गरेको पनि सुनिन्छ । 

टिपीएस पाएका सबै बिदेशीले स्पोन्सर वा स्पोन्सरबेगर नै ग्रीनकार्ड पाउने गरी हाल कुनै कानुनको निर्माण भएको छैन । अनि यस्तो व्याख्या अमेरिकाको संघीय सर्बोच्च अदालतबाट भएको पनि छैन र अद्यागमन बिभागले आफ्नो नीतिमा परिवर्तन पनि गरेको छैन । तसर्थ टिपीएस पाएका बिदेशीहरुले सामाजिक सञ्जाल र गैरपेशेवर व्यक्तिहरुबाट प्राप्त जानकारीमा भर नपरी अनुभवी ईमिग्रशेन एटर्नीको सल्लाह र सेवा लिनु होला ।

(प्रस्तुत बिचार तपाईको जानकारीको लागि मात्र तयार पारिएको हो कानुनी परामर्शका लागि होईन। बिनोद रोका, न्यूयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एटर्नी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरिकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूयोर्क ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ । हाम्रो कानुनी सेवाप्रति तपाईंको ध्यानाकर्षण रहोस् भन्ने ध्येय यहाँ राखिएको छ । तपाईको अमेरिकी अद्यागमन र न्यूयोर्क राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत निःशुल्क कानुनी सल्लाहको लागि रोकालाई वहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा  info@binodlaw.com र www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुनेछ ।)


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter