ठूला स्तन र नितम्बको यौन व्यवसायी पक्राउ

ठूला स्तन र नितम्बको यौन व्यवसायी पक्राउ



एजेन्सी,जुलाई १८ | जापानको प्रहरीले बढी तौल भएकी महिलासंग यौन कारोवार सेवा प्रदान गर्ने एक महिलालाई पक्राउ गरेको छ | ती व्यक्तिले १५० केजीसम्म तौल भएकी महिलालाई यौन कारोवारका लागि घर घरमा सेवा पु-याउने गर्दै आएकी थिइन् | पक्राउ परेकी ती महिला ४१ वर्षीया केइको साइतो भएको प्रहरीले जनाएको छ | उनीसंगै प्रहरीले एकजना यौन व्यवसायी महिलालाई पनि पक्राउ गरेको छ | जापानमा यौन व्यवसाय कानुनी रुपमा वर्जित छ | ती महिलाले मक्कुसु बोडी नामक यौन व्यवसायी संस्था नै चलाएकी थिइन् |

जापानी भाषाको मक्कुसु बोडीको अर्थ ठूलो शरीर भन्ने लाग्छ | जुन व्यवसायमा ठूला ठूला स्तन र नितम्ब मन पराउने ग्राहकलाई घर घरमै सेवा प्रदान गर्ने गरिएको प्रहरीले जनाएको छ | 

साइतोलाई बढी तौल र ठूला स्तन एवं नितम्ब भएका तीस महिलालाई यौन कारोवारमा संलग्न गराएको आरोप लगाईएको जिजी प्रेसले उल्लेख गरेको छ | जसमध्ये एक यौन व्यवसायी महिलाको तौल १५० केजी रहेको छ | यही व्यवसाय गरेर साइतो नामक ती महिलाले पछिल्लो तीन वर्षमा चालिस लाख अमेरिकी डलरभन्दा बढी कमाई गरेको पनि जीजी प्रेसले जनाएको छ | 

टोकियोमा यस्तो सेवा चाहने व्यक्तिले टेलिफोनमा आफ्नै घर वा होटेलको कोठामा सेवा उपलब्ध गराउन अनुरोध गर्न सक्नेभएको प्रहरीले जानकारी दिएका छन्। यस सेवालाई ”देरु हेरु” नाम दिइएको छ। यसको अर्थ स्वास्थ्य सेवा हुन्छ जो जापानमा व्यापक छ। यद्यपि जापानमा यौनसेवा बेचविखन भने गैरकानुनी हो |