डा. केसीको पक्राउ र अदालत

डा. अंगराज तिमिल्सिना 

पुलिसको बाक्लो उपस्थितिमा हतार-हतारमा गरिएको पक्राउले डा गोविन्द केसीका पक्ष र बिपक्षमा नेपालको जनमत ध्रुबीकृत भएको छ ।
अदालत र प्रधान न्यायाधीशको बिरोध गर्दा मानहानी हुन्छ र यसले कानूनी राज्यलाई कमजोर बनाउँछ भन्ने एकथरि छन् तर अनसन सुरु गरेर बसेका डा केसीलाई हत्याको अभियोग लागेको अपराधीझैं रातारात गिरफ्तार गरेर थुनामा राख्नुपर्ने के कारण थियो ?
भोलीपल्टको बिहानको ९ बजेको समय दिएकोमा अनसन बसेका डा केसी के राती भाग्ने वाला थिए त ? आफ्नै शाखा अधिकृतले हतारमा टिप्पणी उठाएर हतारमै डा केसीलाई अदालतको मानहानीमा पक्रन गरेको निर्णयले सर्बोच्च अदालतले कानूनी राज्यको मान्यता स्थापित गर्न नभएर पूर्बाग्रह साँध्न खोजेको जस्तो देखिन्छ।
अब रह्यो अदालतको बिरोध गर्न पाइन्छ कि पाइदैन भन्ने कुरा । लोकतन्त्र भएका देशमा यी तीन वटा मान्यताहरु एक आपसमा “चेक एण्ड ब्यालेन्स” का रुपमा रहेका छन: जनताको अभिब्यक्तीको स्वतन्त्रता; प्रेसको लेख्न पाउने स्वतन्त्रता; र न्यायालयको बिना रोकतोक र कसैको करकापमा न्याय सम्पादन गर्न पाउने स्वतन्त्रता ।
प्रजातन्त्रको जननी मानिने बेलायतले उसको न्यायालयले मानहानी भन्ने विशेषाधिकारको दुरुपयोग गरेर जनताको अभिव्यक्ति र प्रेसको स्वतन्त्रताको हकमा अंकुश लाउन सक्छ भनेरै सन २०१३ मा “ल कमिसन” को सुझाबमा मानहानी भन्ने कुरा कानूनबाट हटायो भने अष्ट्रेलिया, हङकङ, क्यानडा, सिंगापुर, भारत लगायतका देशमा मानहानी (“कन्टेम्ट अफ दी कोर्ट”) को कानून छ तर कसैसंग पूर्बाग्रह साँध्न वा कसैलाई देखाइ दिने नियत भन्दा पनि अदालतको कार्य सम्पादनमा दख्खल दिए वा अनुसन्धानमा नटेरे यस्तो “प्रोभिजन” को प्रयोग गरेको देखिन्छ ।
न्यायालयले गरेको निर्णयमा आफु सहमत छैन भनेर बकाइदा भन्न पाइन्छ। ठीक त्यसरी नै न्यायालयको भ्रष्टाचारका बारेमा पनि बकाइदा बोल्न पाइन्छ लोकतन्त्रमा, होईन भने न्यायालय कसरी जनताप्रति उत्तरदायी हुन्छ?
ल्याटिन भाषाबाट आएको अंग्रेजी उक्ति अति प्रख्यात छ - Quis custodiet ipsos custodes? अर्थात भ्रष्टाचारका मुद्दामा फैसला दिने संस्था आफैं भ्रष्ट भए को ले हेर्ने ?
तर भ्रष्टाचार बिरोधी आन्दोलनमा होमिनेहरुले जनमत आफ्ना पक्षमा बनाउन यथेष्ट प्रमाणहरु जुटाएर जनता सामु राख्नु जरुरी हुन्छ ताकी बिरोध सतही नभएर प्रमाणमा आधारित रहोस् ।
अदालतको निर्णय मान्दिन भन्ने वा न्यायाधीशको राजीनामा माग्ने कुरा नयाँ होइन। अहिले फिलिपिन्सका राष्ट्रपति डुटेर्टेले उनका प्रधानन्यायाधीश भ्रष्टाचारी भएको भनेर राजीनामा मागिरहेका छन् भने गत बर्ष आफ्नो एउटा बिबादास्पद निर्णयका कारण भ्रष्टाचार आरोपित बंगलादेशका प्रधानन्यायाधीश भागेर अष्ट्रेलिया पुगे ।
छोरा अर्सलान इफ्तिकारको अकुत सम्पतिका कारण पाकिस्तानका प्रधानन्यायाधीश इफ्तिकार मोहमत चौधरीको राजीनामा पाकिस्तानका केही सिनेटरले नै मागेका थिए भने सन २०१६ मा आफु बिरुद्द बोलेकोमा डोनाल्ड ट्रम्पले न्यायमूर्ती गिन्सबर्गको राजीनामा मागेका थिए ।
समग्रमा के भने न्यायालयको भ्रष्टाचार वा आफ्ना बिरुद्द बोल्नेलाई तह लगाउने मक्सत हो भने यो प्रधानन्यायाधीस र सर्बोच्च अदालतलाई प्रत्युत्पादक हुनेछ । अदालतको गरीमा राख्ने अदालतले नै हो, चेतना भया !
डा केसीको भ्रस्टाचार बिरोधी छबी एकै दिनमा आएको होईन । १३ वटा अनसन बसेर १४ औं सुरु गर्न लागेका डा केसीका धेरै समर्थक सडकमा ओर्लिएर न्यायालयका बिपक्षमा नारा लगाए वा संसारभरि सन्जाल रहेको फेसवूक र ट्विटर लगायतका सामाजिक  संजालमा न्यायालय बिरोधी आक्रोस पोखिए अदालतले कति जनालाई मानहानी लगाउदै जाने ?
अदालतभित्रको भ्रस्टाचार मुख्य बहसको बिषय रही आएको छ । जनतामा नेपालको न्यायालयले स्वच्छ छबी बनाउन भ्रस्टाचार नियन्त्रणमा नयाँ कदम चाल्नु जरुरी छ।
न्यायालयमा भ्रस्टाचार छ भनेर बिरोध गर्नेलाई खोजीखोजी मानहानी लगाएर समाधान खोज्ने हो भने जनतामा नेपालको न्यायालयको छबी सुध्रने होईन अझ बिग्रनेछ ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter