डेलिगेटस छान्न फलामको च्युरा

28 दिन अगाडी

न्यूयोर्क,सेप्टेम्वर २६ | एनआरएन अमेरिकाको तर्फवाट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जानेहरुको प्रारम्भिक सूची प्रकाशन भएको छ । प्रकाशित सूची अनुसार ३१९ जनाले सम्मेलनमा भाग लिन जान ईच्छा व्यक्त गरेका छन् । यस अगाडि वरिष्ठ उपाध्यक्ष सुनिल शाहको संयोजकत्वमा गठन भएको समितिले जान चाहनेहरुलाई फर्म भर्न भन्दै ईमेल गरेको थियो । तर केही ईच्छुकहरुले आफूहरुलाई ईमेल नआएको भन्दै आपत्ति प्रकट गरिसकेका छन् । 
प्रतिनिधीको लागि ४० प्रतिशत वर्तमान आईसिसि कार्यसमिति,आईसिसिका संरक्षक र सल्लाहकार,भूतपूर्व कार्यसमितिका पदाधिकारीहरु रआईसिसिमा रहेकाहरु रहनेछन । यसैगरी आईसिसिको वर्तमान समिति र टास्क फोर्स पर्नेछन् । बाँकी ३० प्रतिशतमा राष्ट्रिय समन्वय समितिका पदाधिकारी र पूर्व समितिका सदस्यहरु पर्छन । वाँकी ३० प्रतिशतमा मात्र नयाँले अवसर पाउने हुन । तर यो सूची हेर्दा कतिपय व्यक्तिहरु समावेश गरिएको देखिदैंन । 
यसमा जनसम्पर्क समितिका सभापति आनन्द विष्ट , प्रवासी मञ्चका अध्यक्ष प्रभु थापा लगायत कतिपय एनआरएनमा क्रियाशीलहरुको समेत सूचीमा नाम छैन । स्मरणीय छ, अघिल्लो पटक पनि डेलिगेटस छान्नको लागि निकै कसरत गर्नु परेको थियो भने त्यही वेलादेखि एनआरएनको विवादले उग्र रुप लिएको थियो । यस पटक पारदर्शी वनाउनका लागि भनेर पचास डलर सहित निवेदन माग गरेको भएता पनि कार्यशैली प्रति चर्को आलोचना भएको छ । सामाजिक सञ्जालमा एनआरएन अमेरिकालाई कोठावाट र केही व्यक्तिको लहडमा सञ्चालन गर्न खोजिएको भन्दै आलोचना भएको छ । 

 







Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter