दशैको रौनक देशैभरि

3 महिना अगाडी

काठमाडौँ, ११ असोज /नेपाली हिन्दूहरुको महान चाड दशै २०७४ अव आँगनमा आईपुगेको छ । यो चाड एक अर्कामा पारस्परिक मिलनको संयोग हो भने पारिवारिक रुपमा आफन्त जनको शुभआशीर्वाद लिने पर्व पनि हो । नेपालको आर्थिक् सामाजिक पक्षमा दशैको आफनै महत्व रहेको छ । त्यसैले यो दशैको वेलामा कूल अर्थतन्त्रको २५ प्रतिशत जति रकमको कारोवार हुने अर्थशास्त्रीहरुको दावी रहेको छ । 
विश्वको जुनकुनामा रहेको भएता पनि शुभकामना आदान प्रदान गर्न सहज वनाएको प्रविधिको उपयोग गर्दे भर्चुल आशीर्वाद लिने प्रक्रिया पनि शुरु भएको छ । विदेशिएका नेपालीहरु दशैको मुखमा मातृभूमि आउने र आफना पुराना साथी संगीसँग भेटने तथा पारिवारिक मिलनको सुखद अवसरको रुपमा पनि विकसित भएको छ । 
दशैको महत्वपूर्ण दिन आज फूलपातीवाट शुरु भएर शनिवार टीका ग्रहण पश्चात समाप्त हुनेछ । यस सातामात्र करिव २० लाख नागरिकले काठमाण्डौं छाडेको तथ्यांक आएको छ भने ठूला शहरहरुवाट आफनो गृह जिल्ला या गाउँमा जानेहरुको संख्या पनि उत्तिकै रहेको छ । करिव १ करोड पचासलाख नागरिकले दशैको समयमा ओहोर दाहोर गर्ने गरेको अनुमान गर्न सकिन्छ । विदेशमा रहेका ४० लाख मध्ये करिव २ लाख दशैको समयमा आउने गरेको वताईन्छ । पछिल्ला दिनहरुमा दशैमा पनि तडक भडक र खर्चिलो वनेको भन्दै सामाजिक अध्येताहरु चिन्ता व्यक्त गर्छन । तर अर्थशास्त्रीहरु मानिसहरुसँग क्रय शक्ति वढेकाले खर्चिलो देखिएको तर्क गर्छ । 

आज सातौ दिन 
 वडा दशैँको सातौँ दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी सातौँ कालरात्रि देवीको पूजा आराधना गरी मनाइयो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । 

दशैँको सातौँ दिन कालरात्रि देवीको पूजा गरिने र महाअष्टमीका दिन राति गरिने कालरात्रि पूजामा भने महाकाली, महालक्ष्मी र महासरस्वतीलगायत नवदुर्गाकै विशेष पूजा गर्ने विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । नौ दिनसम्म नौवटी देवीको पूजा आराधना गरिएको घडाले विजयादशमीका दिन अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा लगाइन्छ । नवदुर्गाको प्रसादका रप्मा टीका र जमरा आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने गरिन्छ । 

दुर्गा पक्षमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजा, आराधना गरेमा वर्षभरका लागि आध्यात्मिक शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । आश्विन शुक्ल पक्षलाई शक्ति आराधनाको विशेष पर्वका रुपमा मनाउने गरिन्छ ।

यसै वीच  नेपालीहरूको महान् चाड बडादशैँको खुशियालीमा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको बढाइँका साथै मार्चपास गरेका थिए । त्यसैगरी, सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र राष्ट्रिय झण्डाको आकृतिसहितको बढाइँ प्रस्तुत गरिएको थियो । समारोहमा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेसा व्यवसायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । बढाइँ अघि राष्ट्रपति भण्डारीको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter