देउवा अघिअघि काेइराला पछिपछि, ४१४७ मत गणना हुँदा कसले कति पाए ?

देउवा अघिअघि काेइराला पछिपछि, ४१४७ मत गणना हुँदा कसले कति पाए ?



काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदकाे ४ हजार १४७ मतगणना भएकाे छ । कुल ४ हजार ६७९ मत खसेको थियाे ।

हालसम्मकाे मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले १ हजार ९९५ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार ५८९ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले ३१५, विमलेन्द्र निधिले २३७ र कल्याण गुरुङले १९ मत मात्र प्राप्त गरेका छन् ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राेबीच दाेस्राे चरणमा चुनाव हुनेछ ।