देउवाले अर्को रेकर्ड कायम गरे

3 महिना अगाडी

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र चर्चाको विषय भएको छ । तर  पाईलट विजय लामा भने सरकार प्रमुख देउवाको भ्रमणवाट साह्रै खुशी भएका छन,उनले आईतवार प्रधानमन्त्री शेरवहादुर देउवाको फलाईट दिल्लीवाट काठमाण्डौं अवतरण गराएका थिए । त्यसै मेसोमा तस्वीर सहित उनले लेखे - "रास्ट्र प्रमुखहरुले, सरकार प्रमुखहरुले नेबानिलाई जनताले जस्तै माया गरिदिने हो भने नया फड्को लिन कुनै कठिन हुन्न- ने बा नि लाई । हुन पनि कुनै समय विश्वका महत्वपूर्ण शहरहरुमा पुग्ने नेवानी अहिले पुन : आफूलाई जागरणको युगमा प्रवेश गराउँदैछ । 
उनले लेखेका छन- नेबानि राम्रो बन्नु भनेको नै नेपालीहरुको लागि राम्रो हो,देशको गौरव बढाउनु हो,ने बा नि जनताको संस्थान हो, कोहि एक ब्यक्ती या समुहको होइन ,उनले आफनो सामाजिक सञ्जालमा लेखेका छन - धेरै सम्भावनाहरु बोकेको संस्थान हो यो । 
खासमा नेपालको आम्दानीको स्रोत नै पर्यटन हो, त्यसैले लामा लेख्छन- यहाँ गर्न चाहे जे पनि गर्न सकिन्छ। नेपालको पर्यटनलाई ठूलो टेवा पुर्याउन सक्ने क्ष्ँमता भएको संस्थान हो यो । यसले पर्यटकिय गन्तब्य बनाउन मद्दत पुर्याउन सक्छ।लामाले अगाडि लेखेका छन -"अहिले जुन किसिमको माया र साथ मिलेको छ, नेपाली जनता र रास्ट्रप्रमुखहरुबाट ने बानिलाइ, त्यो नै उर्जा बनेको छ, नया जोश र जाँगरका साथ काम गर्नका लागि हामी यहाँ कार्यरत सबैलाइ र यस संस्थाको कर्मचारि सदस्यहरुले कदर गर्नको निम्ति सहि काम गरेर साबित गर्नु पर्छ कि ,हामी गर्न सक्छौ र जसरी भए नि बनाउछौ भनेर प्रतिबद्दता जाहेर गर्नु पर्छ ।
 उनले अन्त्यमा लेखेका छन -प्रधानमन्त्री ज्यु धन्यवाद नेबानिमा यात्रा गरिदिनु भएकोमा,प्रथम महिला तथा पर्यटन मन्त्रीज्युहरुलाई पनि धन्यवाद । उनले सवैलाई  मुरि मुरि धन्यवाद  भन्दै यस्तै माया पाउ हजुरहरु सबैको भनेका छन् ।
यो सँगै शेरवहादुर देउवाले लामो समय पछि नेपाली सरकार प्रमुख विदेशमा  राजकीय भ्रमणमा जाँदा स्वदेशी विमान कम्पनीको जहाज उपयोग गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएका छन् ।




Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter