देवता भर्सेस मान्छे

2 महिना अगाडी

बिना तामाङ्ग 
उहिल्यै उहिल्यै
च्याङ्बाले खोली पठाएपछि बाग्द्वार
बग्न थालेको हो बाग्मती
बाग्मती
जो आफैंमा एउटा किंवदन्ती हो
त्यही बाग्मतीसँगसँगै बगेको हो
आपाको असंख्य दु:खका गीतहरु
आमाको अनगिन्ती रोदन
अनि मच्याङ्हरुको निश्चल प्रेम
हो त्यही प्रेमले घनिभूत भएपछि 
उर्वर भएको हो उपत्यकाको माटो
सप्रिन थालेको हो अन्नबाली
मौलाएका हुन् मान्छेहरु
ती तिनै मान्छेहरु हुन् 
जसले मौलाएपछि ओगट्न थाले
आमाको काख तँछाडमछाड गरेर
थिचेका हुन् गर्भ कंकृट र सिमेन्टले
अनि निर्माण गरे अजङ्गको पिल्लरधारी जङ्गल
जसको सबैभन्दा माथिल्लो भागमा बसेर
तिनै मान्छेहरुले
उत्पादन गरे मयलका मैदान 
र बगाइदिए बाग्मतीमा
एउटा सिङ्गै सभ्यतालाई थु थु गरेर 
निमिट्यान्न पारे आफ्नै पहिचान 
र ब्यानर बोकेर उभिए माइतीघर मण्डलामा
आदर्श मान्छेको वकालत गरेर
आज 
च्याङ्बाले खोली पठाएको बाग्मती प्रदुषित छ
जसरी मान्छेहरुको विचार प्रदुषित छ
जसरी मान्छेहरुको स्वभाव कलुषित छ
अचेल
केही देवताहरु
बाग्मतीमा सफा हात गाड्छन्
झिक्छन् प्लास्टिक,रबर, चप्पलका फित्ताहरु
किनारा लाउँछन् फोहोर
मलाई लाग्छ
अब देवताहरुले
गाड्नुपर्छ हात मान्छेका मष्तिस्कहरुमा
झिक्नुपर्छ तिनीहरुको प्रदुषित विचार
किनारीकृत गरिनुपर्छ त्यो फोहोरी स्वभाव
नत्र 
देवताहरु फोहोर बाग्मतीमा सफा हात गाडिरहन्छन्
र मान्छेहरु बाग्मतीलाई डम्पिङ बनाईरहन्छन् ।

 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter