द्रुतमार्ग सेनाको महत्वपूर्ण चुनौती

4 महिना अगाडी

नारायणप्रसाद न्यौपाने/काठमाडौँ, १३ भदौ । नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ९फाष्ट ट्रयाक० को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ । काठमाडाँै उपत्यकालाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय गौरवको यो आयोजना ९फाष्ट ट्रयाक० निर्माणलाई सेनाले सबैभन्दा उच्च महत्व दिएर काम अघि बढाएको छ । 

चारवर्ष अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो ठूलो आयोजनाको निर्माण लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ । सो द्रुतमार्ग २५ मिटर चौडाइको हुने जनाएको छ । चालु आवको बजेटमा सरकारले यो द्रुतमार्ग निर्माणमा रु १० अर्व १३ करोड बजेट विनियोजन गरेको छ । सडक निर्माणका लागि नेपाली सेनाले १० स्थानमा कम्तीमा पनि प्रत्येक क्याम्पमा १०० जना प्राविधिक जनशक्ति र आवश्यक उपकरणसहित सेना तैनाथ गर्ने कार्य शुरु गरिसकेको छ । दु्रतमार्ग निर्माणपछि तराई–मधेसबाट काठमाडौँ डेढ घण्टामा आइपुग्नका साथै काठमाडौँ उपत्यकामा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्रै पनि वार्षिक रुपमा करिब रु १० अर्ब बचत हुने जनाएको छ । 

द्रुतमार्गको निर्माण समयमै पूरा गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्व र प्रधानसेनापतिको अध्यक्षतामा बेग्लाबेग्लै निर्देशन तथा अनुगमन समिति गठन गरिएको छ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने रणनीतिक महत्वको ट्रान्जिट मार्गको रुपमा रहने यो मार्गमा डेढ किलोमिटर लामो सुरुङ र ९९ वटा पुल रहने छन् । यो मार्गको ट्रयाक पनि नेपाली सेनाले नै खनेको हो । नेपाली सेनाले आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको पनि सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेको छ । 

नेपाली सेनाले हालसम्म मुलुकका २८ वटा सडक निर्माणको जिम्मेवारी पूरा गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । ती सडकको लम्बाइ एक हजार १०० किलोमिटर भएको नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक उद्धव विष्टले जानकारी दिनुभयो । नेपाली सेनाले ओखलढुंगा–कटारी, सुर्खेत–जुम्ला, बेँसीशहर– चामेजस्ता २८ वटा सडक तोकिएको मिति अगाडि नै निर्माण पूरा गरेको थियो । मुलुकका विभिन्न स्थानमा सेनाले २८ वटा बेलिबृज जडान गरिसकेको छ । कठिन भूबनोट, भौगोलिक विकटता, प्रतिकुल मौसम, हवाई साधनमा मात्र निर्भरता, पहुँच मार्गको कठिनाइजस्ता चुनौतीको सामना गर्दै नेपाली सेनाले खनेका सडक सामारिक र रणनीतिक हिसाबले निकै महत्वपूर्ण रहेको प्रमुख सेनानी इन्दिवर गुरुङले जानकारी दिनुभयो । 

नेपाली सेनाले खनेका सडक गुणस्तरीय र कम लागतका हुने तथा तोकिएको समयसीमाभित्रै पूरा हुने भएकाले पछिल्लो समय सरकारले नेपाली सेनालाई त्यसको जिम्मेवारी थप गर्दै गएको हो । नेपाली सेनाले अहिले पाँचवटा सडक निर्माण गरिरहेको र त्यसको लम्बाइ ५२५ किमी रहेको प्रमुख सेनानी गुरुङले बताउनुभयो । द्रुतमार्ग निर्माणको विषयलाई राजनीतिक दलहरुले राष्ट्रियताको मुद्दासँग जोडेर विवाद र बहस चलाएपछि सरकारले उक्त सडकको जिम्मेवारी नेपाली सेनालाई दिएसँगै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ १४ गते बाराको निजगढमा शिलान्यास गर्नुभएको हो । ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्व पश्चिम राजमार्गमा जेडिने उक्त मार्गको ट्रयाक खोल्ने काम २०७० सालको प्रारम्भमै पूरा गरेको थियो । 

बाराको निजगढमा बन्ने अन्तरराष्ट्रिय विमानस्थलले यो सडकको महत्वलाई अझ उजागर गर्ने छ । विश्वशान्ति स्थापना कार्यको ६० वर्षको यात्रामा द्वन्द्वग्रस्त मुलुकका जनताको मन जितेर पिस च्याम्पियनको छवि बनाएको नेपाली सेनाले द्रुतमार्ग निर्माणसँगै सडक पूर्वाधारण निर्माणमा पनि कीर्तिमान कायम गर्ने अभियानमा जुटेको छ । रासस 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter