नयाँ आईफोन आयो

नयाँ आईफोन आयो



क्यालिफोर्निया,सेप्टेम्वर १२ /एप्पल कम्पनीले उत्पादन गरेको आईफोन वजारमा आएको दश वर्ष पुगेको छ । यस अवधिमा करोडौं मानिसको हातमा आईफोन पुगेको छ । आईटी सम्वन्धि समाचार प्राथमिकताका साथ दिने मिडियाहरुले मंगलवारको क्षण कुरिरहेका थिए । मंगलवार आईफोनको मुख्य उत्पादक एप्पल कम्पनीको ड्रिम हेडक्वार्टरमा आयोजित एक भव्य समारोहमा यसका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आईफोन ८ को सार्वजनिक मात्र गरेनन् । एकै पटक आईफोन एक्स अर्थात दशको समेत घोषणा गरेका छन् । आफईफोन उत्पादन भएको दश वर्षको उपलक्ष्यमा आईफोन एक्सको वारेमा चर्चा गर्दे कुकले भने – एउटा महत्वपूर्ण कुरा । हामीले उच्च सम्मानका साथ यो शब्द भनेका छौं,यसलाई हल्का रुपमा नलिईयोस् । नयाँ फोनको माध्यमवाट आगामी दशकको लागि प्रविधिको क्षेत्रमा एउटा मार्ग रेखा कोर्ने छ । 

आईफोन एक्सले होम वटम हटाउनेछ ,यसले स्क्रीनलाई ठूलो वनाउन मद्दत गर्ने विश्वास लिइएको छ । यसमा दुवै किनारा सम्म वारपार डिस्प्ले हुनेछ,अगाडि र पछाडि शिसा हुनेछ । साथै तार रहित चार्ज हुनेछ,तर यसको लागि एउटा निश्चिय क्षेत्रमा एउटा स्टिलको पत्ता सहितको धातु रहेको हुन्छ । यसमा धूलो र पानीवाट फोनलाई जोगाउन सकिनेछ । 
यसमा सुपर रेटिना डिस्प्ले राखिएको छ, जुन ५ दशमलव ८ ईन्चको ओएलईडि ( अर्गानिक लाईट ईमिटिङ्ग डिडोज) जडान गरिएको हुनेछ,यसले रंगहरुलाई यथार्थ रुपमा देखाउन मद्दत गर्नेछ । यसैगरी अव स्क्रीनको अनलक गर्नको लागि औठाछाप प्रयोग गर्नु पर्ने छैंन,यसको सट्टामा मुहारको उपयोग गर्नुपर्नेछ । जसलाई फेस आईडि भनिएको छ । अगाडि पट्टिको क्यामेरा र सेन्सरले त्यही व्यक्तिको आईफोन हो भन्ने सुनिश्चित गरेपछि फोन खोल्न दिनेछ । हरेक पटक प्रयोग गर्दा प्रयोग गर्ने व्यक्तिको तस्वीरलाई प्रविधिले सिकेर सो डिभाईसमा पहिचान गराउन सहज वनाउने छ। एप्पलले के विश्वास लिएको छ भने अनुहारको तस्वीर औठा छाप भन्दा वढी सुरक्षित हुनेछ । उसको अनुसन्धान ५० हजार जनामा एक जनाले औठाछाप वाट फोन खुल्न सक्ने संभावना रहेको देखाएको छ । तर अनुहार मिल्ने संभावना भने दश लाखमा एक जना हुने उसको अनुसन्धानले देखाएको छ । 
यसमा १२ मेगाफिक्सलको क्यामेरा राखिएको छ । यसवाट सेल्फि खिच्न र फोटो राम्रो वनाउन सफल हुने एप्पलको भनाई रहेको छ । 
यसको वजारमा मूल्य ६४ जिवीको लागि ९९९ डलर,२५६ जिवीको लागि ११४९ डलर रहेको छ । आगामी नोभेम्वर महिनाको ३ तारिख देखि उक्त मोवाईललाई ग्राहक समक्ष पुरयाईने एप्पल कम्पनीले जनाएको छ ।