नयाँ राजनीतिक ध्रुवीकरण: शुभ वा अशुभ ?

4 महिना अगाडी

अंगराज तिमिल्सिना 
एमाले, माओबादी र नयाँ शक्ति बीचको एकताको सहमति हुनु र केही दिन अगाडी दोलखाको भीमेश्वरमा पसिना आउनु संयोग हो वा शुभ-अशुभको संकेत हो, तर बाम एकताको सहमतिले एकातिर उत्साह छाएको छ भने अर्कोतिर बिशेष गरी काँग्रेसीहरुमा माओबादीले धोका दियो, एमाले र माओबादी बीचको ६०-४० को चुनाबी तालमेल हुँदा काँग्रेस अब प्रदेश र संघीय चुनाबमा नराम्ररी पछारिने भयो भन्ने चिन्ता छाएको देखिन्छ ।
माओबादीको 'एमालेकरण/वलीकरण' या एमालेको 'प्रचण्डकरण/माओबादीकरण' हुने हो, हेर्न केही समय लाग्ने छ । तर ६०-४० को चुनाबी तालमेलले एमाले र माओबादीको एकीकरण कम तर माओबादीको एमालेमा समायोजन बढी जस्तो देखिदा माओबादीको पहिचान अब हरायो भन्नेहरु पनि छन् ।
यति हुँदा पनि माधव नेपाल, बामदेब गौतम र झलनाथलाई साथ लिएर केपी वली पछि एकीकृत एमालेको नेतृत्व आफुले लिन सक्छु भन्ने आत्मबल भएरै प्रचण्डले यो कदम चालेको देखिन्छ ।
कार्यकारी शक्तिसहितको राष्ट्रपति बन्ने प्रचण्डको इच्छा र आखिर एमालेकै ओतमा आएको भन्ने वलीको महसुसले एकताको घोषणा सफल भएको देखिन्छ ।
एकथरीहरु बामपन्थी एकताले देश उत्तर कोरिया बन्ने भनिरहेका छन् भने अर्कोतिर चरम ध्रुवीकरणले कतै काँग्रेस राजतन्त्र ब्युँताउने रणनीतिमा त लाग्दैन भन्नेहरु पनि छन् ।
सिद्धान्तत: चीनसंग नजिक बामपन्थी र भारतसंग नजिक प्रजातान्त्रिक शक्तिबीचको टकरावमा चीन र भारत को "प्रोक्सी" (अघोषित) द्वन्द बढ्नेछ भन्ने पनि चिन्ता देखिन्छ ।
तर कुनै पनि अतिबाद यो २१ औं शताब्दीमा सफल होला भन्ने सपना नदेखे हुन्छ । नेपाली जनताले तीन-तीन वटा ठूला प्रजातान्त्रिक लडाई यत्तिकै लडेका छैनन् ।
एमाले, माओबादी लगायतका कम्युनिष्ठहरुको लोकतान्त्रीकरण हुन र काँग्रेसलाई नेपालको राजतन्त्र लोकतान्त्रिक शक्ति होईन भनेर बुझ्न नेपालले ६०-७० बर्षको संघर्षमय अनुभब बटुलेको छ ।
प्रष्ट कुरा के भने नेपालको राजनीतिक ध्रुवीकरणले दीर्घकालीन रुपमा प्रतिस्पर्धी राजनीतिलाई बलियो बनाउने र एउटा ठूलो पार्टीले बहुमत ल्याएर सरकार बनाउँदा राजनीतिक स्थिरताले बिकास-निर्माणमा टेवा पुर्याउने देखिन्छ ।
बिशेष गरी एकातिर प्रजातान्त्रिक शक्ति (काँग्रेसको गठबन्धन) र अर्कोतिर बामपन्थी शक्ति (एमाले-माओबादी लगायतको गठबन्धन) बीचको प्रतिष्पर्धाले देशलाई कालान्तरमा फाइदा हुनेछ ।
अर्कोतिर आसन्न चुनाबमा काँग्रेसलाई केही घाटा लाग्ला तर काँग्रेसको भबिश्य हेर्ने हो भने नेतृत्व बिकास, संगठन सुदृढिकरण, सैद्धान्तिक र नीतिगत परिपक्वताका हिसाबले काँग्रेसले आफुलाई पुन: निर्माण र प्रतिस्पर्धी बनाउने शुभ-अबसर पनि हो ।
बामपन्थीको एकता भएको पनि देखी नसहने र बिचार, सिद्धान्त, नीति र संगठनमा काँग्रेसले आफुलाई रुपान्तरण र पुनर्ताजगी गर्न नसक्ने हो भने अबका केही बर्ष नेपालको नेतृत्वमा बामपन्थीको गठबन्धन नि:सन्देह हाबी हुनेछ ।


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

NRN MD New Team

NRN Maryland New Team ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter