नेपालमा वार्षिक ५ हजारले आत्महत्या गर्छन

2 महिना अगाडी

काठमाडौँ, २५ भदौ । नेपालमा वर्षको ५ हजार नागरिकले आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । यस अनुसार दैनिक १५ जनाले आत्महत्या गर्ने गरेका छन् । पछिल्ला दिनहरुमा सामाजिक सञ्जालको कारणले पनि आत्महत्या वढने गरेको अनुसन्धानले देखाएको छ । त्यसैले सञ्चारमाध्यमले आत्महत्यासम्बन्धी समाचार प्रकाशन÷प्रसारण गर्दा संवेदनसील हुनुपर्नेमा जोड दिइएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा राजधानीमा मनोविज्ञान सम्प्रदाय नेपाल र साइडडेक्स फाउन्डेशनले आयोजना गरेको ‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागिले आत्महत्यालाई पे्ररित गर्ने खालका शीर्षक र समाचारको आशयका समाचार लेख्नबाट बच्नुपर्नेमा जोड दिइएको थियो । मनोविज्ञानमा विद्यावारिधि गर्नुभएका विजय ज्ञवालीले आत्महत्याका समाचार कहाँ राख्ने, केके कुरा समेट्ने, शीर्षक कस्तो राख्ने भन्ने विषयमा सजक हुनुपर्ने बताउनुभयो । आत्महत्याबारे खुलेर कुरा नहुँदा र आत्महत्याको सोच, व्यवहार र प्रयासलाई गम्भीरतापूर्वक नलिँदा घटनामा वृद्धि भएको उहाँको भनाइ छ । 

प्रजनन उमेर समूह ९१५–२९०का व्यक्तिको मृत्युको तेस्रोे प्रमुख कारण आत्महत्या रहेको ज्ञवालीले बताउनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या हो । साठी प्रतिशत आत्महत्या निराशाका कारणले हुने उहाँको भनाइ थियो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष आठ लाख बढी व्यक्तिले आत्महत्या गर्छन । साइडडेक्स फाउण्डेशनका अध्यक्ष नरेन्द्र ठगुन्नाका अनुसार आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्म नेपालमा २२ हजार ६०७ जनाले आत्महत्या गरेका छन् । गृहमन्त्रालयबाट लिइएको उक्त तथ्यांकमा झुण्डिएर र विष सेवन गरी आत्महत्या गर्नेको संख्या उच्च छ । गरिबी, सामाजिक मूल्यमान्यता, मानसिक समस्या, विभिन्न प्राकृतिक विपत्ति, बसाइँसराइ, प्रेममा असफलता लगायतका कारणले आत्महत्याका घटनामा वृद्वि भएको बताइन्छ ।  


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter