नेपाललाई टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज

नेपाललाई टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ ।

मंगलबार केन्याको राजधानी नैरोबीमा जारी खेलमा नेपालले केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो ।नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्या पुरै ओभर खेलेर ७ विकेट गुमाएर १४४ रनमा समेटियो। यस सिरिजमा नेपालले तीन खले जितेको छ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र बसिर अहमदले २/२ विकेट लिँए भने, करण केसी, दीपेन्द्र सिंह ऐरी र मोहम्मद आदिल आलमले १ रन मात्रै बनाउन सके । अर्धशतक प्रहार गरेका ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका पूर्वकप्तान मल्लले ४४ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५९ रन जोडेका हुन्। सिरिजकै सर्वाधिक रन हो। त्यस्तै रोहित पौडेलले पनि विस्फोटक ब्याटिङ गरे। उनले ४७ रन जोडे भने, दिपेन्द्र सिंह ऐरीले १८ बलमा २२ रन जोडे।

अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल शुक्रबार, दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ ।