नेपालको ऐतिहासिक जीतसँगै जोगियो एक दिवसीय क्रिकेटको मान्यता

नेपालको ऐतिहासिक जीतसँगै जोगियो एक दिवसीय क्रिकेटको मान्यता

रोहित र ललितको उत्कृष्ट प्रदर्शन


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेपालले युनाइटेड अरब इमिरेट्स(यूएई)लाई १७७ रन अन्तरले हराउँदै एक दिवसीय स्टाटसलाई जोगाएको छ । कीर्तिपुरमा आइतबार भएको खेलमा नेपालले यूएईलाई ७१ रनमै अलआउट गरेको हो ।

जितसँगै दोस्रो लिगमा नेपालको ३६ अंक भएको छ । बाँकी २ खेल नै पराजित भए पनि नेपाल अब विश्वकप लिग २ को शीर्ष ५ स्थानमा कामय रहनेछ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले युएइविरुद्ध ऐतिहासिक जीत निकालेको हाे । कीर्तिपुर मैदानमा आइतबार सम्पन्न खेलमा नेपालले युएइविरुद्ध १ सय ७७ रनको एतिहासिक जीत निकालेको हो । यति ठूलो रन अन्तरमा नेपालले अहिलेसम्म कुनै खेल जितेको थिएन ।

यो एतिहासिक जीतमा ललित राजवंशीले ८ ओभरको स्पेलमा २० रन खर्चेर ५ विकेट लिएपछि युएइ २२ ओभर ५ बलमा धरासायी भयो । अन्य बलरहरुमा सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्र ऐर, गुल्सन झाले १–१ विकेट लिएका थिए ।

यसअघि नेपालले २ सय ४९ रन बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस जितेर ब्याटिङ थालेको नेपालले ४ बल बाँकी छँदै अलआउट हुँदै २४८ रन जोडेको हो । नेपालका लागि सर्वाधिक कप्तान रोहितकुमार पौडेलले ७७ रनको योगदान गरे । उनले ११२ बलमा नौवटा चौका प्रहार गरेका थिए । यसैगरी, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रनको योगदान गर्दा नेपालका बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।