नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

2 महिना अगाडी

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच कोर्स आदान प्रदान र विद्यार्थीको समकक्ष अध्ययनका लागि एक महत्वपूर्ण समझदारी हुन लागेको छ । यस सम्वन्धि कार्यमा संलग्न रहँदै आउनु भएका युनिभर्सिटी अफ सेन्ट्रल मिजौरीका प्राध्यापक डा.केशव भट्टराईले  दिनुभएको जानकारी अनुसार कलेजका प्रेसिडेन्ट,डिन, कम्प्युटर साईन्सका प्राध्यापक, चिफ ईन्टरनेशनल रिक्रुटमेन्ट अफिसर लगायतको नौ जनाको टोली नेपाल गएर विस्तृत सम्झौतामा हस्ताक्षर गर्न लागेको हो । यसको लागि उक्त टोली मंगलवार नेपाल तर्फ प्रस्थान गरेको छ । भट्टराईले भन्नुभयो – यस अगाडि हामीहरुले क्रेडिट आवरको आधारमा दुई वर्ष नेपालमा अध्ययन गरेका अण्डर ग्राजुयएट विद्यार्थीका लाई थप दुई वर्ष र तीन वर्ष अध्ययन गरेका विद्यार्थीका लागि थप एक वर्ष अध्ययन गरी अमेरिकी डिग्रीको उपाधी दिलाउने गरी सम्झौता गराएका छौं । उक्त सम्झौतालाई कार्यान्वयन गर्नका लागि त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका उच्च अधिकारीहरुसँग थप छलफल गर्न यो टोली नेपाल जान लागेको हो ।

 यस अन्र्तगत कम्प्युुटर साईन्स र व्यवस्थापन लगायत अरु विषयमा अध्ययनरत त्रिविविका विद्यार्थीहरुले अमेरिकामा रहेको उक्त विश्वविद्यालयमा अध्ययनका लागि आउन पाउनेछन् । 


भट्टराईले अगाडि भन्नुभयो – नेपालको सैद्धान्तिक ज्ञान अव्वल भएता पनि व्यवहारिक ज्ञानको लागि उच्च स्रोत भएका विश्वविद्यालयमा पहुँच हुनु नेपाली विद्यार्थीहरुको लागि सुखद अवसर हुन सक्छ । यो सम्झौता अनुसार स्नातकोत्तर अध्ययन गर्दे गरेका विद्यार्थीहरुले ३४ क्रेडिट आवरमा ९ क्रेडिट आवरको पढाई अमेरिकाको विश्वविद्यालयमा सार्न सक्छन् । यो व्यवहारिक रुपमा नेपाली विद्यार्थीको लागि अर्को अवसर हो । यसरी ट्रान्सफर गर्न सकिने विषयहरुमा कम्प्युटर साईन्स,कम्प्युटर ईन्फरमेशन सिष्टम,व्यवस्थापन साथै अन्य विषयहरु पनि रहेका छन् । अमेरिकामा रहेको उक्त विश्वविद्यालय सन् १८७१मा स्थापना भएको हो,सो विश्वविद्यालयमा ४९ राज्य र विश्वका ५९ देशका विद्यार्थीहरुले अध्ययन गर्दे आएकाछन् । विभिन्न विधामा १५० विषयको अध्यापन गराईने उक्त विश्वविद्यालयले ३७ वटा स्नातक उपाधिको कक्षा सञ्चालन गर्दे आएको छ । 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter