नेपाली काँग्रेसका को कहाँवाट सिफारिशमा ?
देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत रुपमा उम्मेदवार, आरजु राणा कैलाली बाट सिफारिस

18 दिन अगाडी

काठमाण्डौं, असोज १९/ नेपाली कांग्रेसको विभिन्न जिल्ला समितिहरुले आगामी निर्वाचनको लागि उमेदवार छनौट गर्दे सिफारिश गर्ने क्रममा तिव्रता आएको छ । यसै सिलसिलामा कांग्रेसको रसुवा,तनहुँ,कैलाली,म्याग्दी रुकुम लगायतका विभिन्न जिल्लावाट प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि सिफारिश गरेका छन् । जसअनुसार प्रधानमन्त्री देउवा डडेलधुरावाट, महामन्त्री शशांक कोईराला नवलपरासीवाट, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँवाट, प्रधानमन्त्री पत्नी आरजु देउवा कैलालीवाट सिफारिशमा परेका छन् । 

प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरु आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट भएका छन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत रुपमा उम्मेदवार बन्नुभएको छ ।  कांग्रेसका प्रदेश नं ७ का प्रभावशाली नेताहरु दिलेन्द्रप्रसाद बडू दार्चुला, नारायणप्रकाश साउद कञ्चनपुर क्षेत्र नं २ र रमेश लेखक कञ्चनपुर क्षेत्र नंं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिशमा पर्नुभएको छ । प्रधानमन्त्री देउवा २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा डडेल्धुराबाट निर्वाचित हुनुभएको थियो । उहाँ २०६४ सालको निर्वाचनमा डडेल्धुरासँगै तत्कालीन कञ्चनपुर क्षेत्र नं ४ र २०७० को निर्वाचनमा कैलाली क्षेत्र नं ६ बाट समेत निर्वाचित हुनुभएको थियो । 

यसअघि चारवटा निर्वाचन क्षेत्रमा कब्जा जमाएको काँग्रेस कञ्चनपुरले यसपटक पनि निर्वाचित चारवटै सांसदलाई यहाँबाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको नेका कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिनुभयो । क्षेत्र नं २ बाट सिफारिश हुनुभएका काँग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो भने काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखक हाल क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने प्रवल सम्भावना छ । उहाँ पनि तत्कालीन क्षेत्र नं ४ (हालको ३) बाट निर्वाचित हुनुभएको थियो । 

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाबाट प्रतिनिधिसभाका लागि सिफारिश काँग्रेस नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभाका लागि जिल्लाबाट उम्मेदवारमा सिफारिश हुनुभएको छ । अघिल्लो निर्वाचनमा बडू एमालेका उम्मेदवारसित पराजित हुनुभएको थियो । 

त्यसैगरी, प्रतिनिधिसभाकै लागि नेका डोटी जिल्लाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर सिफारिस हुनुभएको छ । हाल वाणिज्य राज्यमन्त्री रहेका नरबहादुर चन्दलाई नेका बैतडीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा सिफारिश गरेको छ । 

म्याग्दी : आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीले उम्मेदवार सिफारिस गरेको छ । पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नामावली संकलन गरी काँग्रेस जिल्ला कार्यसमितिको बैठकबाट उम्मेदवारको टुङ्गो लगाएर पार्टी केन्द्रीय समितिमा रिफारिस गरिएको हो । काँग्रेस म्याग्दीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा पार्टी सभापति खमवीर गर्बुजा र युवा नेता अमृतमान शेरचनको नाम सिफारिस गरेको छ । 

यसैगरी प्रदेशसभामा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षमा रेशमबहादुर बानियाँ, नेत्रबहादुर महत र केबी भण्डारीलाई सिफारिस गरिएको हो । त्यस्तै प्रदेशको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा क्याप्टेन अमलाल फगामीको एक्लो नाम सिफारिस गरिएको काँग्रेस म्याग्दीका सभापति गर्बुजाले जानकारी दिनुभयो । 

काँग्रेस म्याग्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ क्याप्टेन मीनबहादुर कार्की, विमला गौचन र त्रिलोकचन्द्र विश्वास तथा प्रदेशतर्फ क्षेत्र नं १ बाट समानुपातिक उम्मेदवारमा मुकुन छन्त्याल, मनकुमारी विश्वकर्मा र रवीन्द्र गर्बुजाको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशको २ नं निर्वाचन क्षेत्रका लागि समानुपातिकतर्फको उम्मेदवारमा तमबहादुर थापा, डिलबहादुर केसी, दीर्घबहादुर सुनार, कमरा कामी पटेल र उदीमबहादुर पुनको नाम केन्द्रमा पठाइएको छ । 

रुकुम – काँग्रेस रुकुम पश्चिमले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको सिफारिस गरेको छ । यही असोज १६ गतेदेखि बसेको जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिको संयुक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि २६ नाम सिफारिस गरेको हो । सोअनुसार प्रतिनिधिसभाको प्रत्यक्षका लागि पूर्वराज्यमन्त्री गोपालजीजङ्ग शाह, जिल्ला सभापति प्रेमप्रकाश ओली, महाधिवेशन प्रतिनिधि यामबहादुर केसी र पूर्वपार्टी उपसभापति वीरबहादुर ओलीको नाम सिफारिस गरिएको छ । समानुपातिकमा सभापति प्रेमप्रकाश ओली, पूर्वराज्यमन्त्री शाह र वरिष्ठ अधिवक्ता डा नवराज गौतमको नाम सिफारिस गरिएको बताइएको छ । शाह र ओलीमध्ये एक जना प्रत्यक्षमा लड्ने र एक जना समानुपातिकमा जाने आन्तरिक सहमति भएको एक नेताले जानकारी दिनुभयो । 
यस्तै प्रदेशको क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फ कृष्णबहादुर रोकाय, हर्कसिं खत्री, राजु केसी, ओम केसी र लेखमाया केसी तथा समानुपातिकमा पूर्वपार्टी सभापति मानबहादुर नेपाली, क्षेत्र नं २ का सभापति धीरेन्द्रकुमार बटाला, मनिषा भण्डारी, जनकुमार बाँठा, यज्ञ परियार र गंगाराम गौतमको नाम सिफारिस गरिएको जिल्ला सभापति ओलीले जानकारी दिनुभयो ।
प्रदेशको क्षेत्र नं २ बाट प्रत्यक्षमा तीलबहादुर भण्डारी, गोरखप्रसाद चन्द, थलबहादुर खड्का र नरजङ्ग ओली तथा समानुपातिकमा पार्टीका जिल्ला कोषाध्यक्ष कालुराम खड्का, नेविसंघका केन्द्रीय उपाध्यक्ष खड्गबहादुर डाँगी, सीता ओली, भीमबहादुर डाँगी, मोहनप्रकाश आचार्य र दीपेन्द्र पुनको नाम केन्द्रमा सिफारिस गरिएको छ । 

आरजु राणा कैलाली बाट सिफारिस
नेपाली काँग्रेस कैलालीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएका २४३ जनाको नाम आज केन्द्रीय समितिमा सिफारिस गरेको हो । प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपतिकतर्फ उम्मेदवार हुन चाहने आकांक्षीमध्ये एक महिलासहित तीन/तीन जनाको नाम सिफारिस गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएकोमा आकांक्षी बढी भएपछि सबैको नाम सिफारिस गर्नुपरेको काँग्रेसका जिल्ला सचिव पूर्ण कुँवरले बताउनुभयो । काँग्रेसले प्रधानमन्त्रीका पत्नी डा आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ । 
यो क्षेत्रमा डा राणाको पक्षमा सर्वसम्मति हुन नसकेपछि सांसदद्वय पुष्करनाथ ओझा र प्यारेलाल राना, प्रभावशाली नेता सुनिलकुमार भण्डारी, युवा नेता क्षितिज भण्डारी र गणेश देउवाको समेत नाम सिफारिस गरिएको छ । 
यस्तै प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ बाट सांसदद्वय ईश्वरी न्यौपाने र बुद्धिसागर चौधरी, नारायणदत्त मिश्र र डा रणबहादुर रावलसहित आठ जना, क्षेत्र नं २ बाट कमल शाह, मानबहादुर महतो र हेमबहादुर रावल, क्षेत्र नं ३ बाट गोविन्दराज जोशी, खेमराज चौधरी, मोहनराज मल्ल र पर्शुराम चौधरी, क्षेत्र नं ४ बाट डा लक्ष्मीराज पाठक, प्रकाश बम, सुनीलकुमार भण्डारी र हीरादत्त भट्टसहित पाँच जनाको नाम सिफारिस गरिएको छ । 
प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ बाट पूर्वसांसद गंगाबहादुर कुँवर, जंगबहादुर साउद, फकिरसिं कडायत, लक्ष्मण न्यौपाने, धर्मराज न्यौपानेलगायत १४ जना क्षेत्र नं २ बाट लोकबहादुर महतो, जनक बम, देवानन्द जैशी, दलवीर साउद, उत्तम जोशी, लब शाही, कृष्ण पाण्डेसहित २० जना, क्षेत्र नं ३ बाट रामचरण चौधरी, दिपकराज जोशी, भीम बडुवाल, वीरबहादुर हमालसहित १५ जना, क्षेत्र नं ४ बाट पदमराज भट्ट, वीरेन्द्र भट्ट, शेरबहादुर देउवा, भोजबहादुर बम, रामबहादुर कलेल, दिनेश जोशी, यज्ञराज चौधरी र वीरबहादुर हमालसहित १६ जनाको नाम सिफारिस गरिएको छ । 
क्षेत्र नं ५ बाट काँग्रेसका जिल्ला सभापति नरनारायण शाह, आनन्दराज जोशी, नारायण भट्ट, हरिश खड्का, कृष्णबहादुर महरा, जीवन राना, गणेश देउवा, क्षितिज भण्डारी, केशव मिश्रसहित २२ जनाको नाम केन्द्रमा पठाइएको छ ।

पर्वत : नेपाली काँग्रेस पर्वतले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ । तीन/तीन जनाको नाम छनौट गर्नुपर्नेमा त्यो गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत गरेका सबै आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले जानकारी दिनुभयो । असोज १७ गतेसम्म उम्मेदवारको नामावली सिफारिस गर्न केन्द्रीय समितिले जिल्ला समितिलाई परिपत्र गरेको भएपनि सहमति हुन नसकेपछि आज बिहान मात्र आकांक्षी ६७ जनाको नाम केन्द्रीय समितिमा पठाइएको भुसालले जानकारी दिनुभयो । केन्द्रीय समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फ एक महिलासहित तीन÷तीन जना सम्भावितको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । तोकिएको भन्दा तीन गुणाबढी नेताले दाबी गरेपछि सहमति हुन नसकेको नेपाली काँग्रेस पर्वतका सचिब विश्वप्रकाश प्रसाईले जानकारी दिनुभयो । 

पाँचथर : नेपाली काँग्रेस पाँचथरले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सांसदको आकांक्षीमा दुईजना पत्रकारको नामसमेत पार्टीले सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकले राष्ट्रियसभाका लागि पार्टीका आदिवासी विभाग प्रमुख भीष्मराज आङ्देम्बे, महासमिति सदस्य मित्रप्रसाद काफ्ले र महाधिवेशन प्रतिनिधि डिकेन्द्र चेम्जोङको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं १ बाट बालकृष्ण ओझा, लवदेव ढुंगाना, नरेन्द्रकुमार केरुङ, रूपनारायण जबेगुको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ बाट सुरेन्द्रकुमार दाहाल, वीरेन्द्रकुमार खड्का, सूर्यकुमारी नेम्वाङ, धर्मेन्द्रविक्रम नेम्वाङ, खड्गसुन्दर लावतीलगायत छजनाको नाम सिफारिस गरिएको छ । उक्त बैठकले राष्ट्रसभामा समानुपातिकतर्फ पूर्णकुमार शेर्मा, दीपकप्रकाश बाँस्कोटा, चन्द्रकला केरुङ र कृष्णकुमारी खतिवडाको नाम सिफारिस गरेको छ । प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ बाट अम्बिका न्यौपाने, हरिप्रसाद ओझा, मधु जबेगु, पूर्णबहादूर नेपाली, विश्वराज योङ्या, यज्ञ भट्टराई, छवि बाँस्कोटा, सुरेन्द्र तिम्सिना, नारायण कोइराला, जयप्रसाद रिजाललगायत १४ जनाको नाम चयन गरेको छ । 
क्षेत्र नं २ बाट समानुपातिकतर्फ हरिराज आङ्दम्बे, धनेन्द्र चेम्जोङ, रामराज आङ्दम्बे, गंंगामाया आङ्दम्बे, आशा आङ्दम्बे, नीरबहदुर धमला र वीपेन्द्र गौतमको नाम सिफारिस भएको छ । आकांक्षीमध्ये प्रदेशसभा प्रत्यक्षतर्फका लवदेव ढुंगाना र क्षेत्र नं २ बाट समानुपातिकतर्फका वीपेन्द्र गौतम पत्रकार हुन् । 

जाजरकोट : नेपाली काँग्रेस जिल्ला कार्य समिति जाजरकोटले आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । आगामी मंसिरमा हुने सङ्घ र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नामावली सर्वसम्मत रुपमा टुङ्गो लगाई केन्द्रीय कार्यालयमा बुझाएको जिल्ला सभापति दीपकजंग शाहले राससलाई जानकारी दिनुभयो । एक मात्र निर्वाचन क्षेत्र भएको जाजरकोटमा पार्टीको जिल्ला कार्य समिति बैठकले सङ्घमा राजीवविक्रम शाह तथा प्रदेशमा वेदराज सिंह र दीपकजंग शाहको नाम सिफारिस गरेको हो । काँग्रेसमा निर्वाचनका लागि उम्मेदवार चयन गर्न चुनौती देखिने गरेको सन्दर्भमा जाजरकोट कार्यसमितिले अन्य जिल्ला कार्यसमितिलाई सकारात्मक सन्देश दिने गरी सर्वसम्मत निर्णय गरेको सभापति शाहले बताउनुभयो । 

डोटी : डोटीमा आकांक्षी उम्मेदवारको लामो सूचीसहित काँग्रेसले आफ्नो निर्णय गरेको छ । केन्द्रीय तहका लागि वीरबहादुर बलायर, भरतबहादुर खड्का,आनन्द विष्ट , यज्ञराज पाठक, टेकराज ओझा, पुष्पकुमार शाही र प्रसिस महरा गरी आधा दर्जन नेताको नाम केन्द्रमा पठाइएको छ । समानुपातिकतर्फका लागि भक्तबहादुर बलायर, प्रतिमा शाही, दीपक शाही, कल्पना शोव, सीतादेवी चोपडा, प्रेमा श्रेष्ठ र पार्वती चन्द गरी सातजनाको नाम संघको समानुपातिक सूचीमा पठाइएको छ । काँग्रेसबाट प्रदेश सभामा क्षेत्र नं १ प्रत्यक्षतर्फ भरतबहादुर कठायत, लक्ष्मण खड्का, रामबहादुर रोकाया, धनश्यामदत्त पाठक, नरबहादुर ढाँटसहित एक दर्जन नेताको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ बाट प्रदेशसभा प्रत्यक्षबाट योगेन्द्रबहादुर शाही, भूमिराज बडु, प्रदीपकुमार देउवासहित ११ जनाको नाम सिफारिस गरिएको छ । काँग्रेसले प्रदेश सामानुपातिकतर्फबाट कृष्ण दर्लामी, तेजबहादुर पुन मगर, लालबहादुर विक, पवित्रा भट्ट फुलारा, रश्मी खडायत कुँवरसहित १३ जनाको नाम प्रस्ताव गरेको छ । 

रसुवा : नेपाली कांग्रेस का तर्फबाट  रसुवा  जिल्लाका लागी प्रतिनिधि सभा निर्वाचन मा प्रत्यक्ष तर्फ सर्व सम्मत रूपमा ईन्जिनियर मोहन आचार्य को नाम शिफारिस भएको छ ।त्यसै गरि समानुपातिक तर्फ लामा कार्पू तामाड लाई शिफारिस गरिएको छ । प्रदेश तर्फ रसुवा जिल्लाको प्रदेश नंम्बर १ माप्रत्यक्ष तर्फ प्रभात लामा र समानुपातिक तर्फ ठाकुर देवकोटा को नाम शिफारिस भएको छ । 
प्रदेश नंम्बर २ मा प्रत्यक्ष तर्फ जनकजिवन उपाघ्याय , लेखनाथ अघिकारी र बाल चन्द्र पौडेल को नाम शिफारिस भएको छ भने समानुपातिक तर्फ देवकी रैला र तिष्णराज न्यौपाने लाई शिफारिस गरिएको छ । रसुवा जिल्ला को नेपाली कांग्रेस को सबै ईकाई समितिहरूको सिफ़ारिश का आधारमा जिल्ला कार्यसमिति को बैठक ले सर्बसंम्वत रूपमा यस्तो निर्णय गरेको हो ।। फिलिपिन्स बाट सिभिल ईन्जिनियरिड डिग्री हासिल गरेका रसुवा जिल्ला को राजनीतिक पारिवारिक पृष्ठ भूमी भएका मोहन आर्चाय एक सफल व्यवसायी समेत हुन् । 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter