पत्रकार थापाको रजगज पुस्तक विमोचित

5 महिना अगाडी

काठमाडौँ,१३ भदौ । भ्रष्टाचारको विषयमा कलम चलाउँदै आएका पत्रकार हरिबहादुर थापाद्वारा लिखित ‘रजगज’ नामक पुस्तक बजारमा आएको छ । राजनीतिक दल, दरबार, अदालत र अख्तियारभित्रका भ्रष्टाचारलाई उजागर गरिएको पुस्तकलाई पत्रकार थापाले निकै सरल र सटिक रुपमा प्रस्तुत गर्नुभएको छ । कूल ३५४ पृष्ठको पुस्तकमा नौ विषयसूची क्रमशः दरबारिया दाउ, जाँचबुजको कर्मकाण्ड, पञ्चायतकालीन काण्ड, भ्रष्टाचारको मुहान, भ्रष्टाचारी मन्त्रीहरु, अर्थलोलुप कर्मचारीतन्त्र, बद्नियतको शृङ्खला, समानान्तर सत्ता र फितलो कार्यान्वयन रहेको छ । 
उक्त पुस्तकको एक कार्यक्रममा विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भ्रष्टाचारको विविध पाटोलाई छर्लङ्ग पारिएको पुस्तक भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेज हुने बताउनुभयो । उहाँले मुलुकमा व्याप्त भ्रष्टाचारलाई निमूर्ल गर्न अभियान नै चलाउन जरुरी भएको उल्लेख गर्नुभयो । “भ्रष्टाचार अति भइसक्यो, यसले देशलाई बर्बादीतर्फ लगिरहेको छ, ‘एकथरि सोरेर खाने अर्कोथरी नाङ्गिएर बाच्नुपर्ने’ अवस्था रहेकाले अब,भ्रष्टाचारविरुद्ध अभियान नै चलाउनुपर्छ,”–पूर्व प्रधानन्यायाधीश कार्कीले भन्नुभयो । 
उहाँले राजनीतिदेखि न्यायालयसम्म भ्रष्टाचार मौलाउँदै गएको र यसमा पढे लेखेका समुदाय र नागरिक समाजले डटेर विरोध गर्नुपर्नेमा जोड दिनुभयो । 
सांसद राधेश्याम अधिकारीले २०४६ देखि २०७३ सालसम्मको राजनीतिक कालखण्डको ऐतिहासिक दस्तावेजलाई उल्लेख गरिएको पुस्तक पारदर्शिता, भ्रष्टाचारविरुद्धको अभियानमा संलग्न संस्थाको सन्दर्भ सामग्री बन्ने सङ्ग्रहणीय पुस्तक हो भन्नुभयो । पुस्तकले राजनीतिक दल, संसद, अदालत र अख्तियारको कमीकमजोरी र वेतिथिलाई सान्दर्भिक रुपमा औंल्याएको उहाँले उल्लेख गर्नुभयो । सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले भ्रष्टाचारको जटिल विषयलाई सरल ढङ्गले प्रस्तुत गरिएको पुस्तकले राज्य ढुकुटीको दोहन, भ्रष्टाचारीलाई उन्मुक्ति तथा नीतिगत भ्रष्टाचारजस्ता विषयलाई उजागर गरेको बताउनुभयो । पुस्तकका लेखक थापाले लामो समयको अध्ययन र तथ्यपरक रुपमा लेखिएको पुस्तकमा राणाकालदेखि अहिलेसम्मको अवस्थालाई उजागर गरिएको बताउनुभयो । फाइन प्रिन्टले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु ४८८ रहेको छ ।


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter