पहिलाे पटक छाेरी सारासँग सैफ अलीकाे सहकार्य

पहिलाे पटक छाेरी सारासँग सैफ अलीकाे सहकार्य


ग्लोब नेपाल
54
Shares

मुम्बई । अभिनेता सैफ अली खान र अभिनेत्री सारा अली खान आफ्नै किसिमले दर्शकलाई मनोरन्जन दिन सफल छन् । अधिकांश दर्शकले यी बाबुछोरीलाई सँगै पर्दामा हेर्न पनि चाहेका छन् । केही फिल्म निर्माताले उनीहरुलाई फिल्ममा अफर पनि गरे । अहिले नै बाबुछोरी पर्दामा स्क्रिन शेयर गर्ने समय सही नभएको भन्दै सैफ पछि हटे ।

तर अब भने उनीहरु एकसाथ पर्दामा देखिँदैछन् । उनीहरुले फिल्ममा भन्दा पनि विज्ञापनमा सहकार्य गरेका छन् । उनीहरुले यसै साता एक बिमा कम्पनीको विज्ञापनको छायांकन पुरा गरेका छन् । यो कुराको पुष्टि स्वयं सैफले गरेका छन् ।

‘हो, हामीले एकसाथ एक विज्ञापनको सुटिङ पुरा गर्यौ । मलाई लाग्छ कि हामी सँगै हुँदा धेरै राम्रो देखिन्छ । यो एक बिमा कम्पनीको विज्ञापन हो’, उनले भनेका छन् ।

साराको कामको कुरा गर्दा उनको फिल्म ‘जरा हटके जरा बचके’ रिलिज भएको थियो । फिल्मलाई दर्शकले निकै मनपराए पछि बक्सअफिसमा सफल भएको थियो । सैफ भने हालै रिलिज फिल्म ‘आदिपुरुष’मा अभिनय गरेका छन् ।