पार्टीमा अन्धाधुन्ध गोली प्रहार चल्दा अमेरिकामा दुईको मृत्यु

पार्टीमा अन्धाधुन्ध गोली प्रहार चल्दा अमेरिकामा दुईको मृत्यु


ग्लोब नेपाल
54
Shares

बाल्टिमोर । अममेरिकामा फेरी गोलीबारी चलेको घटना भएको छ । सञ्चारमाध्यमका अनुसार आइतबार बाल्टिमोर शहरमा एउटा पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बाल्टिमोर प्रहरी विभागका कार्यवाहक आयुक्त रिचर्ड वर्लीले पत्रकार सम्मेलनमा भने घटनास्थलमा जम्मा ३० जना पीडित रहेको बताए । उनले शहरको दक्षिणी भागमा रहेको ब्रुकलिन होम्स नजिकैको ब्लक पार्टीमा बिहान १२ः ३० बजेपछि गोली चलेको बताए।

अमेरिकामा जुलाई ४ को बिदा अघि देशभर जमघट भइरहेका बेला गोली हानाहानको यो घटना भएको हो । अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवस मनाइन्छ। अमेरिकाको कन्सास शहरमा पनि गोली चलेको घटना भएको छ, जसमा सात जना घाइते भएका छन् ।