पाेखरामाथि काठमाडौंकाे पुनरागमन जित

पाेखरामाथि काठमाडौंकाे पुनरागमन जित



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पाेखरा थन्डर्सले काठमाडौं रेजर्समाथि पुनरागमन जित निकालेकाे छ ।

आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाेखरा काठमाडौंसँग २–१ गाेल अन्तरले पराजित भयाे । खेलमा पाेखराले शुरुवाती अग्रता लिएकाे थियाे । पहिलाे हाफ गाेलरहित बराबरी सकिएकाे खेलकाे ५७ औँ मिनेटमा आयुष घलानले गाेल गर्दै पाेखरालाई अग्रता दिलाएका थिए ।

तर खेलकाे ८२ औँ मिनेटमा काठमाडौंका जुनियर एनकेनगेले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयकाे तेस्राे मिनेटमा काठमाडौंका जाेकिर शाेख्रुखले गाेल गर्दै टाेलीलाई २–१ ले जिताए ।

याे जितसँगै काठमाडौं ५ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । पाेखरा उति नै खेलमा ८ अङ्क भए पनि गाेल अन्तरका आधारमा चाैथाे स्थानमा छ । एनएसएलमा पाेखराकाे याे पहिलाे हार हाे ।