प्रतिनिधि छनौटमा तिव्र असन्तुष्टि

22 दिन अगाडी

न्यूयोर्क अक्टोवर १/ अनेकन जोडघटाउ पछि करिव एक दर्जन श्रीमान श्रीमति सहित गैर आवासीय नेपाली संघ (एनआरएन) को अक्टोबर दोस्रो साता काठमाडौमा हुने विश्व सम्मेलनमा अमेरिकाबाट एकसय ८१ जना प्रतिनिधि छनौट भएका छन् । यस अगाडि गठन भएको प्रतिनिधि छनौट समितिले शनिबार राति एकसय ८१ जना प्रतिनिधिको नाम छनौट गरि सार्वजनिक गरेको हो । तर छनौट भएको वाह्र घण्टा नपुग्दै विरोध र आलोचनाको चर्को स्वर सामाजिक सञ्जालमा छरपष्ट भएको छ । प्रतिनिधि छनौटमा नवनिर्वाचित समितिका पदाधिकारीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरुको भनाई छ यस पटक अमेरिकाको प्रतिनिधित्व गर्नसक्ने र सक्षमलाइ पाखा लगाइएको छ । ईतिहास नै नजानेका र  एउटै परिवारका श्रीमान श्रीमतिको दुबैलाइ प्रतिनिधि बनाइएकोले आक्रोशमा आगो  थप्ने काम भएको छ । 
कोही भन्दा कोही कम छैंन 
जोडा जोडी डेलिगेटस 
सञ्जय थापा                                     पुनम थापा 
शंकर खडका                                 संगीता गौतम 
सिपी पौडेल                                    ईलिजा थापा 
विष्णु सुवेदी                                    रेणुका सुवेदी 
प्रमोद सिटौला                                   नर्मदा सिटौला 
हतपतको काम लतपत 

यसैवीच एनआरएन अमेरिकाले डेलिगेटसको लागि छनौट समितिले पहिला प्रकाशन गरेको सूचीमा केही नाम हटाउँदै तपाईको यो सूचीमा परेको भए कृपया पहिलाको सूचीलाई नमान्नुहोला भनेर ईमेल पठाएको थियो । यसले वर्तमान कार्यसमिति व्यवस्थापकीय दृष्टिकोणले समेत कमजोर सावित भएको छ । 

नाम प्रकाशित गर्दा सामान्य विषय पनि ध्यान दिइएको छैंन् । खासमा वर्णानुक्रम अनुसार राख्नु पर्नेमा जे पायो त्यही तरिकाले र मनमा जुन नाम आयो त्यति गरिएको छ भने विधानमा भएको व्यवस्था अनुसार ४०,४० र ३० प्रतिशत को मापदण्डका आधारमा राखेको भए अझ पारदर्शि हुने थियो । यो विषयमा प्रतिक्रिया लिन खोज्दा छनौट समितिका एवं एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले सम्पर्क मा आएनन । 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter