प्रदेश तीनमा कसको भाग्य चम्किन्छ ?

1 महिना अगाडी

काठमाडौं मंसिर २९/ राजधानी लगायत सामरिक रुपमा महत्वपूर्ण स्थानहरु समेटिएको प्रदेश नम्वर तीनमा को मुख्य मन्त्री  बन्ने  भनेर  चर्को दवाव परेको छ । वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा दौडधुप गरेका छन् । मुख्यमन्त्रीको आकांक्षीमा नेकपा ९एमाले०का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म दौडधुपमा लागेका छन् । निर्वाचनको नतिजा आइसकेपछि आकांक्षीको रुपमा प्रस्तुत हुनेको लामै सूची रहेको छ निर्वाचन अगाडि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएर नै शाक्य प्रदेशमा झरेकी हुन तर अहिले  स्थापित देखि अन्य  समेत उनलाई मुख्य मन्त्री वनाउन नहुने लविङ्गमा लागेका छन् । मुख्यमन्त्रीको रुपमा आकांक्षीको रुपमा शाक्य, स्थापितसँगै एमाले पोलिटब्यूरो सदस्यद्वय राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागार्इं, अरुण नेपाल पनि देखिएका  छन ।
डा.गोविन्द केसीलाई तह लगाउन राजेन्द्र पाण्डेलाई मुख्य मन्त्री वनाएर जानुपर्ने एक थरि एमालेका नेताहरुको तर्क रहेको छ । केसीको आन्दोलनलाई केपी ओली लगायत एइमालेको ठूलो पंक्ति नौटंकीको संज्ञा दिन्छ ।  

उपाध्यक्ष शाक्य नै प्रमुख दाबेदार हुन एमालेका एक नेताले भने । उता एमाले उपाध्यक्ष शाक्यले पार्टीको प्रदेश प्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गरेकी छन् ।‘‘प्रतिनिधिसभामा नगई मैले मुख्यमन्त्रीको लागि नै प्रदेशसभामा प्रतिनिधित्व गरेको हुँ’ उनले राससलाई प्रतिक्रिया दिदै भनेकी छन् ।  ‘‘सबै साथीले पनि मलाई अघि सार्नुभएको छ ।’’ प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ । पोलिटब्यूरो सदस्य श्रेष्ठ आफू ३ नं प्रदेशको बारेमा जानकार रहेकोले आफू नै मुख्यमन्त्री बन्नेमा ढुक्क छिन् । प्रदेशलाई नमूना बनाउनका लागि आफू नै योग्य भएको उनको दाबी रहेको छ । प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटाँैडा तोकिएको छ । काठमाडौँ महानगरका पूर्व प्रमुख स्थापितले आफूले काठमाडौँको विकास गरेको आधारमा मुख्यमन्त्रीको दाबी गरेको बताउँदै
 आएका छन् । तर उनलाई धेरै महत्वाकांक्षा बोक्ने नेताको रुपमा एमाले भित्रै आलोचना हुने गरेको छ । प्रदेश नं ३ मा एमालेले ४२, माओवादी केन्द्रले १५, काँग्रेसले सात तथा नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति नेपालले एक÷एक सिट जितेका छन् । प्रदेश नं ३ मा काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोटल जिल्ला रहेका छन् । 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter