प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नजाने

प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नजाने


ग्लोब नेपाल
216
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नजाने भएका छन् । प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी गराइन् । उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएका हुन् ।

आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेको जानकारी दिएकी उनले शनिबार बेलुकासम्म आउने कुरा गरेको, तर उपस्थित गराउन नसकेको बताइन् । अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाली सेनामार्फत अघि बढाउन खोजेको विषयमा प्रधानमन्त्री देउवाबाट जवाफका लागि समितिले बोलाएको थियो ।