प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले डाक्यो संसदीय दलको बैठक

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले डाक्यो संसदीय दलको बैठक


ग्लोब नेपाल
594
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो । 

बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्नुअघि डाकिएको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसहित संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल हुनेछ । 

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले संसदमा आक्रमक हुने देखिएको छ ।