प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेको भन्दै रास्वपाले दियो उजुरी

प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेको भन्दै रास्वपाले दियो उजुरी


ग्लोब नेपाल
324
Shares

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्न माग गर्दै तनहुँ–१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले उजुरी दिएका हुन् ।

गठबन्धनको उमेदवारको प्रचारप्रसारमा बाहलवाला प्रधानमन्त्री हेलिकोप्टरमार्फत गएर उमेदवारले जिते मन्त्री बनाउने अभिव्यक्ति दिएको भन्दै पौडेलले कारबाहीको माग गरेका हुन् ।

“गठबन्धनको उमेदवारको प्रचारप्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बाहनामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उमेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण गराउन चाहन्छौं,” उजुरीमा भनिएको छ ।

प्रधानमन्त्री प्रचण्डले बुधबारको सभामा गठबन्धनका उमेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने आश्वासन दिएका थिए ।