प्रवासका कांग्रेसजन उत्साहित, भन्छन् - अस्तित्वको पहिचान भयो
सन्दर्भ:जनसम्पर्क समिति,अमेरिकाका सभापतिको कांग्रेस केन्द्रीय समितिमा मनोनयन

5 दिन अगाडी

बाल्टिमोर,अमेरिका, नोभेम्वर १४ । नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्टलाई कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेपछि विदेशमा रहेका कांग्रेसजन उत्साहित भएका छन् । मंगलवार दिनभर नै अमेरिकामा क्रियाशील नेपालीहरुको सामाजिक संजाल आनन्द विष्टमय जस्तो देखिएको थियो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान अनुसार विष्टलाई सोमवार कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको हो । विष्टको यो मनोनयनलाई लिएर अमेरिकामा रहेका कांग्रेसजनले पार्टी नेतृत्वले उचित मुल्यांकन गरेको भन्दै नेतृत्वको सह्राहना गरेका छन् । सभापति देउवाले विष्टलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको व्यहोराको पत्रमा 'तपाईं श्री गोरखबहादुर बिष्ट (आनन्द),डोटीलाई नेपाली कांग्रेसको विधानको धारा ४९ (७) तथा कांग्रेसको नियमावली २०६८ को नियम ४९(२) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आमन्त्रित सदस्य पदमा मनोनयन गरेको छु । नेपाली कांग्रेस पार्टीलाई थप सुदृढ र गतिशील बनाउनमा तपाईंको महत्वपूर्ण योगदान तथा सहयोग रहनेछ भन्ने विश्वास व्यक्त गर्दै सफलताको कामना गर्दछु' उल्लेख छ ।
यसैबीच विष्टको यो मनोनयन लगत्तै हामीले अमेरिका र अन्य देशमा रहेका केही कांग्रेसजन र अन्य विचारका संगठनका प्रतिनिधिहरुसंग विष्टको यो मनोनयनलाई कसरी लिनु भएको छ भनेर राय संकलन गरेका छौं । प्रस्तुत छ,केही प्रतिनिधि कांग्रेसजन र अन्य संघ,संगठनका प्रतिनिधिसंग संकलन गरिएको अभिमत: 
खगेन्द्र जीसी ( पूर्व संयोजक,नेजस अमेरिका एवं हाल समितिका प्रमूख कानुनी सल्लाहकार)
 पार्टीले गरेको यो निर्णय सह्राहनीय र स्वागतयोग्य छ । ढीलै भए पनि सही निर्णय भएको छ । हामी सबैलाई उत्साहित बनाएको छ र विष्टजीको मनोनयनसंगै सम्पूर्ण प्रवासी कांग्रेसजनमा सकारात्मक तरंग ल्याएको छ । आनन्दजीले पार्टी संगठन र मुलुकका लागि गरेको योगदानको सम्मान भएको छ भन्ने मलाई लागेको छ । यसले कांग्रेस पार्टी र जनसम्पर्क समितिको नेतृत्वलाई जोड्ने काम गर्छ । यस्तो जिम्मेवारीले निरन्तरता पाउनुपर्छ । विदेशमा बसेर जनसम्पर्क समितिमार्फत योगदान गरिरहेका साथीहरुको पार्टीले मूल्यांकन गरेको छ भन्ने अर्थमा मैले यो मनोनयनलाई लिएको छु । यसले पार्टीलाई सहयोग पुग्छ र अब जनसम्पर्क समितिका साथीहरुको दायित्व पनि बढेको छ । सबैले पार्टीलाई सहयोग गर्नुपर्छ । जनसम्पर्क समिति मार्फत पार्टी नेतृत्वलाई सहयोग पु-याउन आनन्दजीको मनोनयन माध्यम बनेको छ । आनन्दजीले गरेको योगदानको सम्मान हो यो । साथै हामी विदेशमा बस्ने सम्पूर्ण कांग्रेसजनको लागि खुशीको विषय पनि हो । यसका लागि म पार्टीका आदरणीय सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई विशेष धन्यवाद व्यक्त गर्दै आनन्दजीलाई बधाई र शुभकामना व्यक्त गर्दछु ।

डाक्टर अम्बिका अधिकारी ( पूर्व संरक्षक,एनआरएन आइसीसी)- हामी प्रवासमा रहेका सम्पूर्ण कांग्रेसजनका लागि यो निकै खुशीको कुरा हो । आनन्दजी अमेरिका आएदेखि नै कांग्रेस र देशको लागि निरन्तर क्रियाशील भएर काम गर्नु भएको छ । उहाँले धेरै मेहनेत गरेर नेपाली जनसम्पर्क समितिलाई अमेरिकामा स्थापित गर्नु भएको छ । मातृभूमिको विकासका लागि डायस्पोरामा रहेका नेपालीहरुलाई देशभित्र जोड्दै लैजानुपर्छ । देशका विभिन्न निकायमा डायस्पोराको प्रतिनिधित्व हुनुपर्छ । डायस्पोरालाई देशसंग जोड्न सकियो भने देश विकासमा पनि योगदान पुग्छ र डायस्पोराका नेपालीलाई पनि सहयोग हुन्छ ।
आनन्दजीलाई कांग्रेसले केन्द्रीय सदस्यमा मनोनित गरेर दूरदर्शी निर्णय गरेको छ । कांग्रेसले यस्तो जिम्मेवारी अन्य तहमा पनि दिदैं जानुपर्छ ।

उमा शाह ( सल्लाहकार,नेजस अमेरिका): हाम्रो समितिका सभापति आनन्द विष्टले पार्टी र लोकतन्त्रका पक्षमा निरन्तर क्रियाशील रहेर गरेको योगदानलाई पार्टीले पुरस्कृत गरेको छ भन्ने लागेको छ । पार्टीले पहिलोपटक यसरी जनसम्पर्क समितिको प्रतिनिधित्व गराएको छ । यसले सम्पूर्ण जनसम्पर्क समितिमा आवद्ध हामी सबैलाई संगठनका लागि अझ क्रियाशील भएर काम गर्न ऊर्जा प्रदान गरेको छ । त्यसमा पनि हाम्रै अमेरिकाबाट पहिलोपटक पार्टी नेतृत्वमा यस्तो मनोनयन भएको हुँदा हामी सबै निकै उत्साहित छौं र यसका लागि पार्टी सभापति आदरणीय शेरबहादुर देउवाज्यू धन्यवादको पात्र हुनुहुन्छ । काम गर्ने साथीहरुलाई सभापतिले पुरस्कृत गर्नु भएको छ । यसले संगठनको क्रियाशीलतालाई अझ सुदृढ बनाउनेछ ।   
 
केशब बराल (उप-सभापति,नेजस अमेरिका) :मेरा अत्यन्त निकट मित्र एवं यस समितिका सभापति आनन्दजीको कांग्रेस केन्द्रीय समितिमा भएको यो मनोनयन विगतमा नेपालमा रहँदा पार्टी र देशका लागि योगदान गरेका र हाल विदेशमा पनि निरन्तर पार्टीका लागि काम गरिरहेका कांग्रेस पार्टीका आस्थावान सबैको सम्मान हो भन्ने मलाई लागेको छ । पार्टी सभापति शेरबहादूर देउवाले यसरी विदेशमा रहेका कांग्रेसजनको योगदानको उच्च मूल्यांकन गर्नु भएको छ भन्ने अनुभव गरेको छु । आनन्दजीको नेतृत्वमा संगै रहेर काम गरेको अनुभवका आधारमा उहाँ अत्यन्त शालीन,भद्र र राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण र क्षमता भएको व्यक्ति हुनुहुन्छ । उहाँको मनोनयन विदेशस्थित सम्पूर्ण नेपाली जनसम्पर्क समिति र विशेष गरी अमेरिकाको जनसम्पर्क समितिका लागि गौरव हो भन्ने मलाई लागेको छ ।

ईश्वर सापकोटा (सचिव,नेजस अमेरिका): हाम्रो समितिका सभापति आनन्द विष्टजीको संगठनप्रतिको लगावलाई मूल्याङ्कन गरेर पार्टी  सभापति शेरबहादुर देउवाज्यूले गर्नु भएको यो निर्णयले हामी जनसम्पर्क समितिमा आवद्ध सबै गौरवान्वित छौँ । म हाम्रा सभापतिलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि बधाईसहित शुभकामना  दिन चाहन्छु । आनन्दजी पहिले संगठन अनि परिवार,साथीभाई र समाजका लागि निरन्तर क्रियाशील शालीन ब्यक्तित्व हुनुहुन्छ।
संगठनमा जस्तोसुकै अबस्था आईपर्दा पनि समझदारी र सहकार्यबाट नै समस्याको निराकरण हुन्छ भन्ने  कुरालाई उहाँ विश्वास गर्नुहुन्छ । वहाँको र मेरो यही भावना र विचार मिल्ने  भएर नै होला ,जन संपर्क समितिमा सुरुवाती दिनदेखि जस्तोसुकै अवस्था आईपर्दा पनि आजका मितिसम्म हामी संगठनलाई मजबुत पार्ने हकमा एउटै सोच र एउटै बिचार लिएर हिंडेका छौं ।

प्रभू थापा (अध्यक्ष,प्रवासी नेपाली मंच,अमेरिका): म व्यक्तिगत र संस्थाको तर्फबाट समेत आनन्दजीलाई बधाई दिदैं उहाँको राजनीतिक यात्राको सफलताको लागि शुभकामना व्यक्त गर्दछु । संसारका जुनसुकै कुनामा रहे पनि हामी आफ्नो विचार र मातृभुमिलाई आफ्नो परिवार जत्तिकै माया गर्दछौं भने हामी आवद्ध पार्टीको नेतृत्वले आफ्ना समर्थक र सहयोगीहरूलाई उचित जिम्मेवारी दिने कुरा अति राम्रो र उदाहरणीय छ । नेपालका राजनैतिक पार्टीहरूले प्रवासबाट   आर्थिक सहयोगको मात्र अपेक्षा राखिरहेको यो अवस्थामा आनन्दजीको यो मनोनयनले महत्वपूर्ण अर्थ राख्दछ र प्रवासमा रहेर पार्टीलाई माया गर्नेहरूमा एक खालको ऊर्जा थप्ने काम गर्दछ । साथै पार्टी नेतृत्वसंग आवद्ध हुँदै नेपाल फर्किएर उचित जिम्मेवारीसहित मातृभूमिको सेवक बन्न अभिप्रेरित गर्दछ भने हामी प्रवासमा रहनेहरूले  पनि मतदानमा सहभागी हुनपाउने  अधिकारको लागि हाम्रो एकीकृत आवाजलाई आनन्दजीको यो मनोनयनले थप सशक्त बनाउनेछ भन्ने मलाई लागेको छ ।

दिपु भुषाल- महासचिव पानस-अमेरिका (राप्रपाको प्रवासी संगठन) : प्रवासमा रहेर पनि राजनीतिमा सक्रिय आनन्द विष्टज्यूलाई पार्टीले गरेको यो सम्मानले सबै प्रवासी राजनीतिक कार्यकर्तालाई हौसला मिलेको छ । विचार,पार्टी फरक होला तर मातृपार्टीले प्रवासमा क्रियाशील आफ्नो संगठनमा काम गरेका कार्यकर्ताको यथोचित मूल्यांकन गर्नुपर्छ । यस अर्थमा विष्टज्यूको मनोनयन उचित र समय सापेक्ष छ । देशमै फर्किएर राजनीति गर्नुपर्छ भन्ने उदाहरण विष्टज्यू बन्न सक्नुहुनेछ । उहाँलाई हार्दिक बधाई तथा उज्ज्वल राजनीतिक भविश्यको कामना ।

रामशरण हुमागाई (सभापति,नेजस अमेरिका,भर्जिनिया च्याप्टर): कांग्रेस केन्द्रीय समितिमा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टलाई मनोनयन गर्नु भएकोमा म पार्टी सभापति आदरणीय शेरबहादुर देउवाज्यूप्रति हार्दिक आभार ब्यक्त गर्दछु । हाम्रा सभापति विष्टजीको यो मनोनयनले नेपाल बाहिर रहेर पनि कांग्रेससँग आबद्ध लाखौंं कार्यकर्ताहरुबाट पार्टीप्रति हुने गरेको माया,आस्था र योगदानको सही मुल्याङ्कन र कदर हुन्छ र भएको छ भन्ने मलाई लागेको छ । 
बिभिन्न कारणले बिदेशमा बस्नु परेतापनि सकृय रुपमा पार्टी संगठनमा संलग्न कार्यकर्ताहरुलाई राष्ट्रकै सबैभन्दा ठुलो र प्रजातान्त्रिक पार्टीको केन्द्रीय तहमा मनोनयन हुनुले बिदेशमा बस्ने कार्यकर्ताहरुको पनि नेतृत्व तह र निर्णायक तहमा पहुँचको अवसर हो भन्ने पनि मैले ठानेको छु । यस किसिमको मनोनयनले मुलुक बाहिर रहेर पनि मातृभूमीको माया गर्ने नेपाली कांग्रेसप्रति आस्थावान कार्यकर्ताहरुमा अझ बढी हौसला र उत्साह पैदा भएको छ भन्ने लाग्दछ ।

चित्र केसी ( संस्थापक सभापति एवं संरक्षक नेजस,युएई): यो कार्य एकदम सकारात्मक छ। यो कार्यले नेपाली जनसम्पर्क समितिमा आवद्द साथीहरूलाई काम गर्ने थप हौसला,प्रेरणा र ऊर्जा मिलेको छ। अझै जनसम्पर्क समितिलाई अन्य अधिकार दिइने सन्दर्भमा पनि किटान गरेर स्पष्ट बिधानमा लेखिनु पर्दछ। काम र कार्य क्षमताको आधारमा पार्टीप्रति बफादार र निष्ठावानलाई समेटेर  लैजानु पर्दछ। 
पार्टीले जनसम्पर्क समितिको सवालमा छुट्टै किसिमको निर्णय गरेर संस्थागत तरिकाले लैजानु पर्दछ । संस्थागत रूपमा नेपाली जनसम्पर्क समितिलाई अगाडि बढाएर लैजाने हो भने पार्टीलाई जनसम्पर्क समितिले मेरुदण्डको रूपमा काम गर्नेछ। केन्द्रीय सदस्य,सभासददेखि अन्य अरु पदहरूमा पनि जनसम्पर्क समितिबाट निश्चित पद स्पष्ट किटान गरेर समेटनु पर्दछ । यी कुराहरूलाई पार्टीले विशेष ध्यान दिनू  जरुरत छ। सम्पर्क समितिलाई केबल आर्थिक सहयोग गर्ने कोषको लागि मात्र उपयोग गरिनु हुदैन। हरेक क्षेत्र र समितिमा जनसम्पर्क समितिलाई संलग्न गराउनु पर्दछ। यसको सुरुवात भएकोमा खुशी लागेको छ ।

विजय मोक्तान (पूर्व सभापति,नेजस जर्मनी एवं अध्यक्ष,एनआरएन जर्मनी): नेपाली कांग्रेसले आज यसरी प्रबासमा क्रियाशील रहनु हुने साथी मध्ये एक सक्षम, सबल र असल कार्यकर्तालाई पार्टीको महत्वपूर्ण जिम्मेवारीमा मनोनित गरेकोमा खुशी प्रकट गर्दछु। यो हामी बिदेशमा रहेर पनि आफ्नो राष्ट्र, नेपाली दाजुभाइ तथा दिदीबहिनी र पार्टीप्रति वफादार भै क्रियाशील रहनु भएका आनन्द विष्टको मात्र होइन विश्वभरका सम्पूर्ण जनसम्पर्क समितिका साथीहरुको पार्टी नेतृत्वले गरेको सम्मान हो । पार्टीका लागि निरन्तर काम गर्ने साथीहरुको मूल्यांकन गर्दै यसरी जिम्मेवारी दिएको खण्डमा संगठनमा काम गर्नेहरु अझ उत्साहित हुनेछन् ।
हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवाज्यूले प्रवासमा रहने साथीलाई यसरी मनोनित गरी मौका दिनु भएकोमा उहाँलाई हार्दिक धन्यवाद प्रकट गर्दै मनोनित हुनु भएका मेरा परम मित्र जन सम्पर्क समिति,अमेरिकाका सभापति आनन्द बिष्टज्युलाई हार्दिक बधाई एबम सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।

संजय थापा ( बोर्ड अफ डाइरेक्टर,एनआरएन अमेरिका): आनन्द विष्ट एउटा निष्ठावान व्यक्ति हुनुहुन्छ । प्रवासमा रहेर पनि नेपाली काग्रेसको प्रजातन्त्र र समाजवाद प्रति प्रतिवद्ध विष्टले निरङ्कुश राजतन्त्र विरुद्ध नेपालमा भएको आन्दोलनको समयमा होस् वा नेपालको प्रजातान्त्रिक आन्दोलनको अन्य कुनै विषयमा  प्रवासमा खेलेको भुमिका नै किन नहोस् हामी सवैले सधैं स्मरण गर्दछौं । अझै नेपालमा भएको निर्वाचनमा यो अमेरिकाको सुख सयल सवै छोडेर नेपालको डाँडाकाँडामा महिनौंसम्म खटेर आफ्नो विचारलाई विजय गराउन विष्टले गरेको खटाई देख्दा साच्चै देश र आफ्नो राजनैतिक सिद्धान्तप्रति विष्टको प्रतिवद्धता अरुले पनि सिक्न लायक नै छ भन्ने लाग्दछ । तसर्थ उहाँको यो त्याग र लगनशीलताको कदरस्वरुप नेपाली काग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित हुनु भएको सुन्दा खुसी लाग्यो । म हार्दिक वधाई तथा कार्यकाल सफलताको शुभकामना भन्न चाहन्छु । उहॉ यो पदका लागि अत्यन्त योग्य व्यक्ति हुनुहुन्छ । राजनैतिक वैचारिक हिसावले म उहॉसंग सहमति राख्दिन तर उहॉको योग्यता,क्षमता,लगनशीलता र क्रियाशीलताको म सधैं प्रशंसा गर्न चाहन्छु । विचार फरक भए पनि हाम्रो व्यवहार सधैं मिलेको छ । शुभकामना उहॉलाई जीवनमा सधैं सफलता मिलोस् ।

रेख उप्रेती (उप-सभापति,नेजस अमेरिका,लस एञ्जलस च्याप्टर): कांग्रेस केन्द्रीय कार्यसमितीले जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टलाई आमन्त्रित सदस्यमा  मनोनयन गर्नु प्रवासमा बस्ने हामी नेपाली कांग्रेसका सबै सदस्यहरूलाई सम्मान गरेको हो भन्ने अर्थमा मैले हाम्रो सभापतिको मनोनयनलाई बुझेको छु । यो हामी सबै जनसम्पर्क समितिका सदस्यहरुका लागि गौरवको कुरा  हो । आनन्दजी २ दशक प्रवासमा रहेर पनि देश, प्रजातन्त्र र पार्टीप्रति उहाँले गरेको मेहनेत, योगदान तथा लगनको प्रतिफल हो यो मनोनयन जस्तो लाग्छ। आनन्दजीलाई  बधाई तथा सफल कार्यकालको शुभकामना । 

 हरिहर दाहाल (पूर्व केन्द्रीय सदस्य,नेजस अमेरिका) : आनन्दजीको यो मनोनयनलाई प्रवासी नेपालीहरुको अस्तित्वको पहिचान भएको अर्थमा मैले लिएको छु । नेपाली कांग्रेसले प्रवासमा बसेर देश दुखिरहेकाहरुको मूल्यांकन गरेको छ,जो देशको चिन्ता गर्छन,उनीहरु सबैको भावनाको सम्मान हो यो मनोनयन । अब आनन्दजीले प्रवासमा रहेका सबैको भावनाको प्रतिनिधित्व गर्दै पार्टी नीति र केन्द्रीय नेतृत्व तहमा रहेर काम्न गर्नु हुनेछ भन्ने मलाई लागेको छ । म उहाँलाई बधाई र शुभकामना व्यक्त गर्दछु । यो हामी सबैका लागि खुशीको क्षण हो ।
संजीव श्रेष्ठ (पूर्व केन्द्रीय सदस्य-नेजस अमेरिका एवं पूर्व सह कोषाध्यक्ष एनआरएन अमेरिका): नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति मेरा अत्यन्त निकट मित्र आनन्दजी हाम्रो मातृपार्टी नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा मनोनित हुनु भएकोमा अत्यन्त खुशी लागेको छ । म मेरा मित्र विष्टजीलाई बधाई दिन चाहन्छु । साथै पार्टी सभापति शेरबहादुर देउवाज्यूलाई विष्टको योगदानको कदर गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु । कांग्रेसका लागि आनन्द विष्ट एउटा निष्ठावान सिपाही हो । भद्र,निरन्तर क्रियाशील हुने विष्टले अमेरिकामा बसेर पनि मुलुक र पार्टीप्रति गरेको योगदानको आज सम्मान भएको छ भन्ने मलाई लागेको छ । पार्टीमा निष्ठापूर्वक काम गर्ने विष्ट जस्ता साथीहरुको योगदानको सही कदर हुन सक्यो भने सबैलाई ऊर्जा,उत्साह र प्रेरणा मिल्छ । यो निर्णयको म हार्दिक स्वागत गर्दछु ।


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter