प्रसिद्धको अन्त्येष्टि भोलि

1 महिना अगाडी
 
मेरिल्याण्ड,अक्टोवर १४ /अमेरिकाको मेरिल्याण्ड स्थित सिसिविसी कलेजमा अध्ययनरत विद्यार्थी प्रसिद्ध कडेलको निधनमा आईतवार शोक सभा तथा अत्येष्टि गर्न लागिएको छ । मेरिल्याण्डमा रहेको म्याक न्याव नामक फयुनरल होममा अत्येष्टिको तयारी गरिएको परिवारको निकट रहेर सहयोग गर्दे आएका रामप्रसाद खनालले ग्लोव नेपाललाई वताए । अमेरिकामा रहेका संघसंस्था,स्थानीय नेपाली समुदायलाई अन्त्येष्टिमा सरिक हुन समेत खनालले अनुरोध गरेका छन् । खनालले दिएका जानकारी अनुसार गहिरो शोकमा परेको कँडेलका परिवारका सदस्यहरु अन्तिम संस्कारमा आउन असमर्थ भएका हुन् । काठमाण्डौंको शंखमुलमा वस्दै आएका अभिभावक आफना दुई छोरा मध्ये जेठा सुपुत्रको अप्रत्याशित निधनले गहिरो शोकमा परेका छन् । 
१५ महिना अगाडि अध्ययनको लागि विद्यार्थी भीषामा आएका कँडेलले आत्महत्या गर्नुको कारण वारेमा आधिकारिक रुपमा कुनै पुष्टि भएको छैंन् । तर उनलाई नजिकवाट चिन्नेहरुको भनाईमा डिप्रेशनको कारणले आत्महत्या गरेका हुनसक्ने वताउँछन् । 
काठमाण्डौंमा रहेको चेल्सी कलेजवाट अध्ययन गरेर अमेरिका पढन आएका उनले अल्वामावाट मेरिल्याण्डमा रहेको सिसिविसी कलेजमा स्थानान्तरण लिएका थिए । 
यसैवीच वाल्टिमोर एशोसियसन अफ नेप्लीज ईन अमेरिकाले उनको अन्तिम संस्कारको लागि कोष सञ्चालनमा ल्याएको छ । गो फण्ड मी नामक कोष संकलनमा सहयोग गर्ने कम्पनी मार्फत ल्याएको उक्त कोषमा रकम प्रदान गर्न वानाले अनुरोध गरेको छ । वानाकी अध्यक्ष अनु वन्तले ग्लोव नेपालसँग कुरा गर्दे भनिन – हामीहरुले रकम संकलन गरेर,प्रसिद्धको अन्तिम संस्कार सम्पन्न गर्ने प्रक्रियामा लागि परेका छौं । 
उता विभिन्न घटना तथा परिघटनामा सहयोगी भूमिका निर्वाह गर्दे आएका एचवि भण्डारीले यस्तो घटनालाई न्यूनीकरण गर्न जनचेतनामा ध्यान दिनुपर्ने वताए । उनले कँडेलको अन्तिम संस्कारको लागि आफनो तर्फवाट सक्दो सहयोग गरिरहेको समेत वताए । 
सहयोगको लागि वानाको अनुरोध जस्ताको तस्तै : 
 
दाह सँस्कार आईतवार बिहान १०:३० बजे, अक्टोबर १५ !

बाल्टिमोर अमेरिका वरिपरि रहनुहुने नेपाली समुदाय,  नमस्कार 
बाल्टिमोरमा दु:खद निधन भएका प्रसिद्ध कंडेलको अन्तिम दाह सँस्कार आईतवार बिहान १०:३० बजे, अक्टोबर १५, २०१७ मा हुने भएकोले अन्तिम श्रध्दान्जलीका लागि मिले र सके सम्म उपस्थित भैदिनुहुन बिनम्र अनुरोध गर्दछौ । 

Location: MacNabb Funeral Home, 
Address: 301 Frederick Rd, Catonsville, MD 21228
Viewing Time : 10 am to 10:30 am 
Cremation - 10:30 am
Phone: (410) 747-4770

परिवारका तर्फबाट अनुरोधक - रामप्रसाद खनाल 
Tel: 703-419-0924
Please Help Prasiddha's Funeral Process !

अमेरिकाको बाल्टिमोरमा ज्यान गयो प्रसिद्ध कँडेलको ! सबैमा सहयोगका लागि आग्रह

गुल्मी श्रीङ्गा स्थाई घर, हाल परिवार काठमाडौं शँखमुलमा रहेका, एक होनाहार विद्यार्थी प्रसिद्ध कँडेल को अमेरिकाको बाल्टिमोरमा अत्यन्त दु:खद निधन भएको छ । अमेरिकाको बाल्टिमोरमा निधन भएका २३ बर्षीय नेपाली विद्यार्थी कँडेल १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका आएका उनी काठमाडौं शंखमुल निवासी समाजसेबी चेतनाथ कंडेलका सुपुत्र हुन । उनको डेड बोडी हाल MAC NABB Funeral Home बाल्टिमोरमा राखिएको छ । दाह सँस्कार अमेरिकाको बाल्टिमोर मै गर्ने तयारी भएको छ । दुई छोरामध्ये जेठा प्रसिद्ध कँडेल १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका आएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए । काठमाडौंको चेल्सी एकेडेमीमा पढेका कँडेल अत्यन्त जेहेन्दार र तेजिला विद्यार्थी थिए, यस्ता प्रतिभावना छोराको निधन ले बाबु आमा र परिवार मात्र होइन अमेरिकाको नेपाली समुदायलाई पनि ठुलो चोट पुगेको छ ।यस प्रकारको अत्यन्त दु:खद घडीमा सबैभन्दा पहिले निधन भएका कंडेलको दाह सँस्कार गर्न आबस्यक खर्च का लागि यो गो फण्ड एकाउन्ट निर्माण गरिएकोछ । कृपया आफुसक्दो डोनेशन गरिदिनका लागि सबैमा हामी हार्दिक अनुरोध गर्दछौं । मर्दा र पर्दा सहयोग गर्नु हाम्रो मानबिय धर्म र कर्तब्य पनि हो । आउनुस् तपाईं हामी सबै मिलेर आफु सक्दो सहयोग गरेर प्रसिद्ध लाई अन्तिम बिदाइ गरौं ।

चेतनाथ कंडेल एबम सिता कंडेललाई पुत्र शोकको यो अत्यन्त दु:खद घडीमा भगवानले धैर्य धारण गर्ने क्षमता प्रदान गरुन भन्दै हार्दिक समबेदना प्रकट गर्दछौं भने स्वर्गीय प्रसिध्दको आत्माको चिर शातिको कामना गर्दै हार्दिक श्रध्दान्जली अर्पण गर्दछौँ ।

बाल्टिमोरमा रहेको बाना लगायतका संघ संस्थाका सबै मित्रहरुलाई यो अनुरोध छ कि नहुनु पर्ने घटना भैसक्यो अब हामी दाह सँस्कारका लागि जुटौं । यो पिँडाको घडीमा तपाईंका सहयोगी हातहरु अगाडि बढाइ प्रसिध्द लाई अन्तिम बिदाइमा सहभागी भैदिन पनि हामी बाल्टिमोरबासी सबै मित्रहरु र नेपाली समुदायमा अनुरोध गर्दछौँ । वरपर रहनुभएका मित्रहरु स्वर्गीय प्रसिध्दका भिनाजु सुजन भण्डारीको संपर्क नम्बर 443-454-0469 मा संपर्क गर्न, सहयोग गर्न समेत आग्रह छ ।
https://www.gofundme.com/help-prasiddhas-funeral-process
 

Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter