प्रहरीका डिआइजीहरुको सरुवा (को कहाँ ?)

1 महिना अगाडी

काठमाडौँ,असार १ । नेपाल प्रहरीका १९ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट यसरी डिआइजीहरुको सरुवा गरेको हो । जस अनुसार,सातै प्रदेशका प्रहरी प्रमूखहरुको समेत सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय,मानव श्रोत एवं प्रशासन विभागले सार्वजनिक गरेको सरुवा सूचना अनुसार प्रदेश १ को प्रहरी प्रमूखको रुपमा ठाकुर ज्ञवाली, प्रदेश-२ को प्रमूखमा प्रध्युम्न कार्की,प्रदेश-३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद घिमिरे, प्रदेश-५ मा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरिएको छ । यसैगरी हाल प्रहरी प्रवक्ता रहेका डिआइजी विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षक सचिवालयमा सरुवा गरिएको छ । जुनियर प्रहरी तालिम केन्द्र भरतपुरमा रहेका डिआइजी महेन्द्र पोखरेललाई प्रहरी प्रधान कार्यालयको वृत्ति विकास निर्देशनालयमा,केदार रिजाललाई प्रहरी प्रधान कार्यालयको योजना अन्वेषण निर्देशनालयमा, हरिभक्त प्रजापतिलाई भरतपुर तालिम केन्द्रमा,हरिबहादुर पाललाई विशेष ब्युरोमा,कमल जिटिलाई अख्तियारमा र पिताम्बर अधिकारीलाई महिला बालबालिका सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।
यसैगरी, दानसिंह बोहरालाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, दीपककुमार थापालाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयमा, महेशविक्रम शाहलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा, सुरज केसीलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा र सूर्यप्रसाद  उपाध्यायलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा सरुवा गरिएको छ ।

सरुवाको सूचीको पूर्ण विवरण हेर्नका लागि यहाँ क्लिक गर्नुहोला |

 


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter