फाउण्डेशनको चेपाङ्ग विद्यार्थीलाई सहयोग

10 दिन अगाडी

चितवन, पौष २५ चितवनको दुर्गम क्षेत्रको रुपमा रहेको माडीको गोविन्दवस्ती आधारभूत विद्यालय अध्ययन गर्ने वाढी पिडीत चेपाङ्ग वालवालिकाको अध्ययनको लागि फ्रेण्डशीप फाउण्डेशनले सहयोग गरेको छ । प्रेमवस्ती माध्यामिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले स्थापना गरेको फ्रेण्डशीप फाउण्डेशनले आफना सदस्यहरु तथा विदेशमा रहेका विद्यार्थीहरुको समेतले सहयोगमा विद्यालयलाई सहयोग गरेका हुन् । फाउण्डेशनले विद्यार्थीहरुको छात्रावासको लागि ४५ वटा वेड तयार  पारेर हस्तान्तरण गरेको छ । मंगलवार आयोजित एक समारोहमा माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल,माडी क्षेत्रका शिक्षा अधिकृत माधव पोख्रेल र फाउण्डेशनको कार्यसमितिका सदस्यहरुले विद्यालय व्यवस्थापन समितिलाई उत्तत वेड हस्तान्तरण गरेका थिए । 


माडी नगरपालिकाको वडा नम्वर ९ मा अवस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि फाउण्डेशनले करिव दुई लाख वरावरको सहयोग हस्तान्तरण गरेको हो , यसअगाडि फाउण्डेशनले वालवालिकाको लागि आवश्यक पर्ने भाँडाकुँडा समेत प्रदान गरेको थियो । फाउण्डेशनको तर्फवाट अध्यक्ष प्रभात ढुंगाना, सचिव कूलचन्द्र खनाल,कोषाध्यक्ष दीनवन्धु चापागाई, कार्यसमितिका सदस्यहरु रञ्जित ढकाल, देवी थापा र भारती अधिकारी सहभागी रहेका थिए ।  फाउण्डेशनमा अमेरिका,वेलायत,अष्ट्रेलिया,क्यानाडामा वस्दै आएका विद्यार्थीहरुले समेत सहयोग गर्दे आएका छन् ।  
यस अगाडि फाउण्डेशनले प्रेमवस्ती माविमा दन्त शिविरको आयोजना गरेर करिव पाँच सय विद्यार्थीहरुको दाँतको परिक्षण समेत गराएको थियो । 

 

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter