बाबु प्रचण्डकाे रूने अधिकारमाथि खिल्ली नउडाअाैं

प्रदीप भट्टराई 
म प्रचण्डकाे विचारकाे पक्षपाेषक हैन तर सामाजिक न्याय र समतामुलक समाज निर्माणका क्रममा गरिने अान्दाेलनकाे पक्षपाेषक हुँ। अान्दाेलन भरिशक्य शान्तिपूर्ण भएर धनजनकाे क्षति नहाेस्, भए पनि कमभन्दा कम हाेस् भन्ने चाहना राख्ने मान्छे हुँ । तर, अान्दाेलनका क्रममा हाम्रा कतिपय प्रिय चाहना पूरा हुँदारहेनछन् । 
प्रचण्डले पनि बारम्बार यस्ताे भनेका छन् र सशस्त्र विद्राेहका क्रममा भएकाे धनजनकाे क्षतिप्रति बाराम्बार दुःख प्रकट गरेका छन् । धेरैले भन्छन् कहाँ गरे ? संसदमै पनि गरेका छन् । हामी जाे काेही पनि सूचनाकाे अधिकारअन्तर्गत त्यहाँ गएर अभिलेख सुन्न सक्छाैं ।
अाज तिनै प्रचण्डका एक मात्र छाेरा प्रकाशकाे निधन भएकाे छ। मलार्इ थाहा छ, अब उनले रून पनि पाउँदैनन् । राेइहाले पनि त्याे फाेटाे फेसबुकमा टाँसिन्छ र अनेक खालकाे अमानवीय गाली गरिन्छ। धेरै टाढा जानै पर्दैन, केही समय पहिले उनकी एक छाेरीकाे अर्बुदराेगबाट निधन भएकाे थियाे, बाबुका रूपमा अार्यघाटमा उनी राेइरहेका थिए। तर, त्याे तस्वीर फेसबुकमा टाँसेर मानिसहरूले यति धेरै अमानवीय प्रतिक्रिया लेखे कि मानाैं उनलार्इ अाफ्नी छाेरीका लागि अाँसु निकाल्न पनि कसैसँग अनुमति लिनुपर्छ।
म माअाेवादी नेता प्रचण्डकाे हैन, एक बाबु प्रचण्डकाे रून पाउने अधिकारकाे पक्षपाेषण गरिरहेकाे छु । कृपया, उनलार्इ पनि अाफ्नाे छाेराकाे मृत्युमा रून दिअाैं, याे या त्याे प्रसंग जाेडेर अमानवीय क्रिया/प्रतिक्रिया नदिअाैं। राजनीतिमा सहमति/असहमति हाेला, त्यतातिर उनीसँग पाैठेजाेरी खेल्न परे खेलाैला। कम्तिमा यसपटक प्रचण्डकाे रूने अधिकारमाथि खिल्ली नउडाअाैं । अागे यहाँहरूकै मर्जी ।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter