बाल्टिमोरमा बन्ने सामुदायिक भवनलाई एनआरएनको सहयोग

2 महिना अगाडी

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २० । बाल्टिमोरमा निर्माण गर्न पहल गरिएको सामुदायिक श्रोत केन्द्रको भवनका लागि एनआरएन अमेरिकाका नव निर्वाचित विभिन्न तहका पदाधिकारी र सदस्यहरुले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । गत आइतवार बिहान भवन निर्माणका लागि समन्वय गरिरहेको बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिकाले एनआरएन अमेरिकाका नव निर्वाचित पदाधिकारी र सदस्यहरुको स्वागत एवं भेटघाट कार्यक्रममा सहभागी एनआरएनका पदाधिकारी र सदस्यहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
सो अवसरमा एनआरएन क्यालिफोर्निया च्याप्टरका नव निर्वाचित अध्यक्ष रामबाबु पाण्डेले आफ्नो तर्फबाट दुई हजार पांच सय डलर सहयोग गर्दै भविश्यमा अझ बढी सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्षद्वय जेदू पोखरेल र राधा पौडेल, बोर्ड सदस्यहरु संजय थापा,प्रितीसागर खत्री,गोपेंद्र भट्टराई,विष्णु शाह,अमृत कट्टेललगायतले यस्तो सामाजिक कार्यका लागि सहयोग गर्ने भन्दै प्रतिवद्धता जनाएका थिए ।
बानाकी अध्यक्ष अनु वन्त,वरिष्ठ उपाध्यक्ष सुवोध विलास पन्तलगायतले बानाका गतिविधि माथि प्रकाश पार्दै आमन्त्रितहरुलाई स्वागत गरेका थिए । सामुदायिक श्रोत केन्द्रका लागि सहयोग जुटाउने क्रममा स्थानीय समुदायका अगुवाहरुसंग टाउसनस्थित काठमाडौं किचन रेष्टुरेन्टमा आगामी आइतवार पनि भेटघाट कार्यक्रम राखिएको जानकारी प्राप्त भएको छ ।


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

नरहरि अाचार्यकाे अपिल-मेराे ठाउमा डा.महतलाइ जिताउनुस

काठमाण्डाैं,मंसिर १६ गते। लामाे समयदेखि अस्वस्थ रहेपछि राजनीतिबाट टाढा रहेर स्वास्थ्यलाभ गरिरहेका पुर्वसांसद...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter