बाल्टिमोरमा सप्ताहव्यापी महापुराण लगाइने
वाचन पण्डित दिनबन्धु पोखरेलले पुराण वाचन गर्नु हुने

1 महिना अगाडी

बाल्टिमोर,अमेरिका,डिसेम्वर ११ । यहाँ निर्माणाधीन नेपाली हिन्दू बुद्ध मन्दिरका लागि रकम संकलन गर्न सप्ताहव्यापी महापुराण लगाइने भएको छ । यो महापुराण आगामी अप्रिल १६ देखि २२ तारिखसम्म आयोजना गर्न लागेको जानकारी मन्दिर व्यवस्थापन समितिले दिएको छ । मन्दिर व्यवस्थापनका लागि नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोरको नाममा गैर नाफामूलक संस्था स्थापना गरिएको छ ।
महापुराणमा वाचन पण्डित दिनबन्धु पोखरेलले पुराण वाचन गर्नु हुने सप्ताह आयोजक समितिका सह संयोजक रमेश भट्टले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ । महापुराणलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका एक हजार एक सदस्य आयोजक मूल समिति गठन गर्ने तयारी भएको पनि विज्ञप्तिमा जनाइएको छ । जस अन्तर्गत विभिन्न उप समिति गठन गरिनेछ । सप्ताहव्यापी महापुराणलाई बृहत आध्यात्मिक महोत्सवका रुपमा मनाउने गरी छलफल भैरहेको आयोजकहरुको भनाइ छ ।
आयोजकहरुले यस महोत्सवमा सम्पूर्ण नेपालीहरुलाई सहभागिता र सहयोगका लागि अपील गरेका छन् । बाल्टिमोरमा गतवर्षदेखि स्व:स्फूर्त रुपमा यसरी हिन्दू बुद्ध मन्दिर निर्माणको पहल भएको छ । हालसम्म जग्गा र भवन खरीद,रंगरोगन,विभिन्न देवी देवताको मूर्ति व्यवस्थापन र सौजन्य लगायतका कार्य सम्पन्न भएका छन् । यो मन्दिर स्थापना र संचालनका लागि बाल्टिमोरका युवाहरु स्वयसेवकको रुपमा स्व:स्फूर्त सहभागी हुँदै आएका छन् ।
सप्ताह तयारीसमुहका निम्न सदस्यहरुलाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । रमेश भट्ट : 410 318 9693 , कृष घिमिरे: 443 858 १४९१,डा. श्याम कार्की: 410 459 8070,राजन ढकाल: 410 336 7031,केशव आचार्य: 703 956 0491  ।
यो पनि पढ्नुहोस्,

http://www.globenepal.com/old-site/2013-04-19-05-38-53/12414-nepali-temple-in-baltimore.html

http://www.globenepal.com/old-site/2013-04-19-05-38-53/12499-2017-03-27-12-11-21.html

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter