बेलायतको जनसम्पर्क समितिमा गुरुङ्ग

1 महिना अगाडी

लण्डन,सेप्टेम्वर १६ /लामो समयसम्म आन्तरिक विवादमा रुमल्लिएको जनसम्पर्क समिति बेलायत एकताबद्ध भएर अधिवेशन सम्पन्न गरी युवराज गुरुङ्गको अध्यक्षतामा नयाा कार्यसमिति चयन गर्न सफल भएको छ । आगामी तीन वर्षका लागि गुरुङको सभापतित्वको  कार्यसमितिमा उपसभापतिहरु सुबास पोख्रेल, युवराज सिंह, कोपिला सुब्बा, तर्कजंग गुरुङ, सुर्य नेम्वाङ्ग र आलेख चौहानलाई चयन गरेको छ । नवगठित समितिको महामन्त्रीमा प्रवेश केसी तथा कोषाध्यक्षमा नर्वु शेर्पा चयन भएका छन् । विगतमा विवाद भएर हातहलाको सम्म स्थितिमा पुगेको समितिमा एकताको सन्देश स्वरुप सहमहामन्त्री रोमियन लिम्बु , रितेश पाण्डे , उपेन्द्र पौडेल र राज सिटौला चयन भएका छन् ।सदस्यहरुमा विकास सापकोटा, शान्ति लिम्बु, लाल कुमार सुब्वा, सन्तोष गुरुङ, केशब गुरुङ, संजय पन्त, इशा ताम्राकार, इन्द्रहांग लिम्बु, शंकर श्रेष्ठ, सशी गुरुङ, इन्द्रमान गुरुङ, सर्वसम्मतले चयन भए । 


यस अगाडि अधिवेशनको उदघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद प्रमुख आतिथ्यता तथा नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीको विशेष आतिथ्यतामा भएको हो । कायक्रममा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सांसद बहादुरसिंह थापालगायतको आतिथ्यता रहेको थियो । पूर्व सह महामन्त्री कोपिला सुब्बाले सञ्चालन गरेको कार्यक्रममा जनसम्पर्क समितिका नेता युवराज गुरुङ, एनआरएन यूरोप संयोजक कुल आचार्य, एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी, पूर्वअध्यक्ष योगेन क्षेत्री, पत्रकार चिरन शर्मा, नेताहरु विश्वआदर्श पण्डित, विज्ञान प्रसाईं, शिवजी श्रेष्ठ, राजेन्द्र पुडासैनी, ज्ञाम गुरुङ, केशबहादुर गुरुङ, शेर सुनार, डा। सम्पूर्णानन्द ढुंगाना, चेतनाथ खनाल, विनोद मोक्तानले शुभकामना दिएका थिए ।अधिवेशनको दोस्रो सत्रमा विधान समितिका संयोजक शिवजी श्रेष्ठले विधान संसोधन प्रस्ताव पेश गरेका थिए ।सहमति हुन बाँकी पदाधिकारी र सदस्यहरुको नामावली आइतबार सार्वजानिक गरिने छ ।

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter