भदाै २४ बाट कांग्रेसकाे दाेस्राे चरणकाे जागरण अभियान,यस्ता छन कार्यक्रम

12 दिन अगाडी

काठमाण्डौं,भदौ १९ गते । नेपाली कांग्रेसले भदौ २४ गतेबाट दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने भएको छ । वीपी कोइरालाको १०६औं जन्मजयन्तीको अवसर पारेर कांग्रेसले जागरण अभियान सञ्चालन गर्न लागेको हो । पहिलो चरणको जागरण अभियानबाट निकै उत्साहित भएको नेपाली कांग्रेसले भदौ २४ बाट अभियान सञ्चालन गरेर असोज ७ गते सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
जारण अभियानको क्रममा नेपाली कांग्रेसले पार्टीका नेता तथा कार्यकर्तालाइ जागृत गर्ने,बढदो महंगी भ्रष्टाचार वारेमा जनतालाइ जागृत गर्ने लक्ष्य राखेको छ । कांग्रेसले विपक्षमा बसेर रचनात्मक भुमिका खेल्न सकेन भनर आलोचना भइरहेको बेलामा कांग्रेसले यस्तो निर्णय गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले भ्रषटचार,अनिमितता,कुशासनलाइ अब प्राथमिकताको साथ उठाउने बताएका छन ।

राष्ट्रिय जागरण अभियानको उद्देश्य :

१) राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा सांगठनिक गति, एकता, समन्वय र हार्दिकता अभिवृद्धि गर्दै पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न ।

२) यस क्रममा नेपाली कांग्रेससँग एकीकरण भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका विभिन्न तहका साथीहरू एवं अन्य दलबाट प्रवेश गर्नु भएका साथीहरूसंग व्यावहारिक र भावनात्मक समन्वय अभिवद्धि गर्दै पार्टीलाई सबल बनाउदै अघि बढ्ने। कम्युनिष्ट सरकार बनेको दुई वर्ष समेत नपुग्दै नेपाली समाजमा जे जस्तो असन्तुष्टि, निराशा र वितृष्णाको संकेत देखिएको छ त्यसलाई गम्भीरतापूर्वक लिंँदै सामाजिक संवादको माध्यमबाट समस्त जनताको विचार भावना साक्षात्कार गर्न।

३) नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनीतिक उपलब्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा व्यापक ढंगले सम्प्रेषण गर्न ।

४) वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रष्ट्याउन।

५) बाइड बडी लगायतका नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न आवश्यक छलफल र बहस विभिन्न स्तरमा अघि बढाउन ।

६) जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन।

७)तराई-मधेश लगायत मुलुकको कतिपय भू-भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै लोकतान्त्रिक संविधानप्रतिको जनविश्वासलाई दिगो बनाउदै अघि बढ्ने ।

८) मुलुकको वर्तमान राजनीतिक, सामाजिक, प्रशासनिक एवं कूटनीतिक सम्बन्ध आदि बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।

९) तीनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्बन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन ।

१०) नेपाली समाजमा केही समययता भइरहेका “निर्मला पन्त” प्रकरण में महिला हिंसाका अनेक घटना र प्रवृत्तिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न गराउन ।

११) नेपाली समाजमा कतिपय ठाउँमा रहेका बोक्सी प्रथादेखि छाउपडीसम्मका अनेकौं सामाजिक विसंगतिको अन्त्यका लागि सार्थक छलफल र पहदकदमी अघि बढाउन।

१२) भूकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनःस्थापना अभियानलाई सघाउन तथा यस्तो सम्भावित विपदमा सर्तकता साथ काम गर्ने “स्वयंसेवी समूह" निर्माणको छलफल प्रारम्भ गर्ने । 

१३) स्वदेशसँगै विदेशमा रहेका ५० लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको स‌ंवर्द्धन र समृद्धिमा सहभागिताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दबाब बढाउन तथा वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितिहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन।

१४) कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।

१५) नेपाली कांग्रेसमा समाहित हुन चाहनेहरूलाई पार्टीमा स्वागत गर्दै नयाँ सदस्यताको व्यापक वितरण गर्दै पार्टीको विभिन्न तहका लागि आवश्यक प्रशिक्षणको पूर्वतयारी गर्ने।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter