मनु ब्राजाकीको देहवसान

काठमाण्डौं, माघ १९ नेपालको साहित्यिीक आकाशमा आफनो नाम मूर्धन्य साहित्यकारको सूचीमा सूचीकृत गराउन सफल प्रसिद्ध साहित्यकार मनु ब्राजाकीको  पाटन अस्पतालमा देहवसान भएको छ । उनी ७५ वर्षका थिए । उनको निधनबारे उनका निकट साहित्यकार सुनिल पुरीले जानकारी दिएको राससले समाचार सम्प्रेषण गरेको छ  । उनलाई केहि समय अगाडि  मस्तिष्कघात भएको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

ब्राजाकीको ‘ तिम्री स्वास्नी र म ’ र ‘अन्नपूर्णाको भोज’ कथासंग्रहहरु नेपाली साहित्यमा प्रख्यात रहेका छन् । नेपाली साहित्य पत्रपत्रिका तथा अखवारमा समकालिन विषयका योगदान गरिरहेका थिए ।  उनी नेपाली गजल लेखनमा पनि एक सशक्त हस्ताक्षरको रुपमा चिनिन्छन ।

उनको साहित्यिक नाम मनु ब्राजाकी भए पनि वास्तविक नाम चेतमानसिंह भण्डारी हो । उनको जन्म १९९९ साउन १९ गते महोत्तरी जिल्लाको औरहीमा भएको थियो ।

उनका प्रकाशित मौलिक रचनाहरु 

* अवमूल्यन (कथासंग्रह, वि.सं. २०३८)

* आकाशको फल (कथासंग्रह, वि.सं. २०४२)

* तिम्री स्वास्नी र म (कथासंग्रह, वि.सं. २०४६)

* काँडाका फूलहरू (गजलहरू, वि.सं. २०५६)

* पारदर्शी मान्छे (कथासंग्रह, वि.सं. २०६०)

* गजल गङ्गा (गजलहरू, वि.सं. २०५१)

* मनु ब्राजाकीका लघुकथा (२०७०)

* अन्नपूर्णको भोज (२०७०)

प्राप्त गरेका  पुरस्कार :

* मैनाली कथा पुरस्कार

* तिम्री स्वास्नी र म का लागि वि.सं. २०४६को साझा पुरस्कार

* वि.सं. २०४७को गंगालक्ष्मी पुरस्कार

* आख्यान नाटकतर्फ वि.सं. २०६९को महाकवि देवकोटा पुरस्कार


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

NRN MD New Team

NRN Maryland New Team ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter