मन्त्रीलाई फिर्ता बोलाएका छैनाैँ: अध्यक्ष यादव

मन्त्रीलाई फिर्ता बोलाएका छैनाैँ: अध्यक्ष यादव


ग्लोब नेपाल
324
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

अध्यक्ष यादवले अहिले मन्त्री फिर्ता बोलाएको भन्दै हल्ला चलाइएको र त्यो हल्ला नियोजित भएको पनि बताए । उनले आफूहरूले मन्त्री फिर्ता बलाउने वा नयाँ मन्त्री सिफारिस गर्ने कुनै निर्णय नगरेको पनि प्रष्ट पारे । ‘हाम्रो पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाएको पनि छैन्, नयाँ मन्त्री सिफारिस गरेको पनि छैन्’, यादवले भने, ‘कसले कहाँबाट यस्तो नियोजित हल्ला फैलाउँदै छ, मैले बुझ्न सकेको छैन ।’

मन्त्रिपरिषद्मा हेरफेर गर्दा पार्टीभित्र छलफल गरेर मात्र निर्णय लिइने अध्यक्ष यादवको भनाइ छ । उनले अमुक ठाउँबाट अहिले गलत नियतका साथ हल्ला चलाइएको बताए ।

जसपाबाट मन्त्री बनेका कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले पनि फिर्ता हुनेबारे आफूलाई कुनै जानकारी नआएको बताए ।