मुम्बई रेल दुर्घटनामा २२ को निधन

25 दिन अगाडी

मुम्बई, १३ असोज / भारतको आर्थिक राजनीतिका रुपमा परिचित मुम्बई सहरमा शुक्रबार बिहान भएको भागदौडमा परी मृत्यु हुने व्यक्तिको संख्या २२ पुगेको छ । शुक्रबार बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी यो समाचार तयार पार्दासम्म २२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । त्यस दुर्घटनामा पररे घाइते भएका दर्जनौँ व्यक्तिको उपचार जारी रहेको छ । 
उक्त भागदौडपछि भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्काेले किचेर ज्यान गएको बताइएको छ । यसरी मृत्यु हुने व्यक्तिको संख्या यसअघि १५ रहेको थियो । तर उपचाररतमध्येका अरु सात जनाको अपरान्ह मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन् । 
मुम्बई सहर नजिकैको स्थानीय रेल स्टेशनमा रेल कुरेर बसेका व्यक्तिहरुमा एक्ककासी भागदौड सुरु भएको थियो । मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेशनमा सो भागदौड मच्चिएको हो । शुक्रबार बिहान करिब १०ः४५ बजे सो भागदौड मच्चिएको थियो । बिहान अकस्मात भारी बर्षा भएपछि सो रेल स्टेशनमा रहेका व्यक्ति ओतलाग्न आकासे पुलको सहारा लिन पुगेका र त्यसै समयमा पुल भाँचिन लागेको हल्ला चलेपछि उनीहरु भागाभाग गरेका थिए । यसरी भाग्ने क्रममा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस क्रममा भूईँमा लडेका व्यक्तिमाथि एकले अर्काेलाई कुल्चिएका थिए । सो क्रममा अहिलेसम्म २२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । भारतीय रेल सेवाका अधिकारी अनिल सक्सेनाले सो दुर्घटनाको कारण बारेमा अनुसन्धान गरिने जानकारी दिएका छन् । सो भागदौडको बारेमा अनुसन्धान गर्न सरकारले आदेश दिएको जानकारी उनले दिए । भारतीय राष्ट्रपति रामनाथ कोभिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter