मेक्सिकोमा शक्तिशाली भुकम्प, सुनामीको खतरा

15 दिन अगाडी

मेक्सिको सिटी, सेप्टेम्वर ८ ।अमेरिकासँग सीमा जोडिएको मेक्सिकोमा बिहीबार अबेरराति गएको भुकम्पमा परि १६ जनाको निधन भएको छ । स्थानीय प्रकोप नियन्त्रण विभागका अधिकारीलाई उधृत गर्दै एजेन्सीहरुले जनाए अनुसार ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मेक्सिकोको दक्षिण भेग नराम्ररी प्रभावित भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले  भूकम्प ८.१ म्याग्निन्युडको रहेको जानकारी दिएको छ । भूकम्पबाट चिआपास राज्यमा घर भत्किएर सात व्यक्तिको मृत्यु भएको राज्य नागरिक प्रतिरक्षा विभागका एक अधिकारीले पुष्टि गरेका छन् । त्यसैगरी छिमेकमा पर्ने तबास्को राज्यमा दुई व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन । 
मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भूकम्पको केन्द्रबिन्दू चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट करिब १२० किलोमीटर दक्षिणतर्फ रहेको बताइएको छ । उक्त भूकम्पपछि सुनामीको पनि चेतावानी दिइएको छ । आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन ।

शुक्रबार बिहानतिर सुनामीको खतरा रहेको जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ । प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठूलो क्षतिको अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको छ । त्यसैगरी उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ ।  


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

पहिलो गाँसमै ढुंगा

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २१ । एनआरएन अमेरिकाका दोश्रो कार्यकालका अध्यक्ष डाक्टर केशब पौडेललाई शपथ ग्रहण...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com