मेरिल्याण्डमा गौरा पर्व भव्य मनाइने

मेरिल्याण्डमा गौरा पर्व भव्य मनाइने


ग्लोब नेपाल
648
Shares

बाल्टिमोर। नेपालको सुदूर पश्चिमको महत्वपूर्ण सांस्कृतिक पर्व गौरा पर्व अमेरिकी भूमिमा पनि मनाइने भएको छ। सुदूर पश्चिम क्षेत्रका नेपालीहरुले आ आफ्नो बसोवास रहेको अमेरिकाका विभिन्न राज्यमा वार्षिक रुपमा यसरी गौरा पर्व मनाउँदै आएका छन्।

यसैक्रममा मेरिल्याण्ड राज्यमा बसोवास गर्ने सुदूर पश्चिमका नेपालीहरुको संस्था सुदूर पश्चिम नेपाली समाजले यहाँ पनि गौरा पर्व मनाउने तयारी गरेको छ। समाजका अध्यक्ष दमनविक्रम शाहले ग्लोब नेपाल डटकम प्रतिनिधिलाई दिनु भएको जानकारी अनुसार,यही अगष्ट २७ तारिख आइतवार स्थानीय एक पार्कमा दिनभर गौरा पर्व मनाइनेछ ।

‘गौरा पर्वको विशिष्ठ महत्व छ,हामी यो पर्वको महत्व र हाम्रो संस्कृतिको बारेमा अमेरिकामा हुर्कंदै गरेको नयाँ पुस्तालाई बुझाउन र सिकाउन चाहन्छौं र यो विशिष्ठ पर्वमा सबै क्षेत्रका नेपाली समुदायका सदस्यहरुलाई सहभागिताका लागि अनुरोध गर्दछौं ‘ गत वर्ष पहिलोपटक बाल्टिमोरमा यसरी गौरा पर्वको आयोजना गरेपछि उत्साहित भएका समाजका अध्यक्ष शाहले दोश्रोपटक आयोजना गर्न लागेको यो पर्वको उद्देश्य बारे जानकारी दिंदै भन्नुभयो ।

मेरिल्याण्ड नेपालका सबै क्षेत्र र भाषाभाषी एवं जताज्ताइको साझा थलोको रुपमा समेत चिनिन्छ। यहाँ आ आफ्नो क्षेत्र र जिल्लाका प्रतिनिधित्व गर्ने स्थानीय संघ,संस्थाले आ आफ्नो संस्कृति र रीतिरिवाज एवं परम्पराको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेका छन्।

यसैक्रममा सुदूर पश्चिम नेपाली समाजले पनि गौरा पर्वको आयोजना गरी यस पर्वका विभिन्न झाँकीहरु प्रदर्शन गर्न लागेको छ। गौरा पर्व त्यस भेगका नेपालीहरुले दशैं,तिहारभन्दा ठूलो पर्वको रुपमा मनाउँदै आएका छन्।