मेरो मिसनको राजनीति

23 दिन अगाडी

-रामचन्द्र पौडेल 
तीस वर्षे निर्दलीय निरङ्कुसताको अन्त्यपछि भएको प्रतिनिधिसभाको निर्वाचन, २०४८ मा पहिलेचोटि तनहुँबाट चुनाव लड्दा प्रायः सबै ठाउँ पैदल हिडेर पार गरेको थिएँ । मोटर बाटो कतै थिएन । व्यास मार्ग, भानु मार्ग कुटोकोदालोले खनेर शुरुमात्र गरेका थियौं । विजुलीको अत्तोपत्तो कतै थिएन । जताततै खानेपानीको हाहाकार । कताकति रहेका स्कुलहरु कटुसका स्याउलाले छाइएकाले धर–धर पानी चुहिएकाले केटाकेटीको कन्तोविजोग हुन्थ्यो । गाउँघरमा स्वास्थ्यचौकीको नाम निशान थिएन । सञ्चार सुविधा सदरमुकाम बाहेक अन्त कहीं थिएन । भएका पद्दति पनि ज्यादै कमजोर र पुरानोे । जनताको आर्थिक हालत विपन्न गाउँ घरमा दुईहजार रुपियाँ निस्कन मुस्किल पथ्र्यो । आधा पेट खाएर, आधा हर लगाएर गाउँवेसी भारी बोकेर कष्ट काटिरहेका जनता ओइरो लागेर सुविधा खोज्दै बसाई सरिरहेका थिए । 
त्यस्तै हालत देखेर मैले चुनावमा जादै गर्दा वरभञ्ज्याङ्गको विचारी चौतारमा उभिएर भने ‘गाउँहरूबाट अस्थिर भएको मनलाई गाउँमै आधुनिक सेवा र सुविधा पु¥याएर बसौ बसौं बनाउन म राजनीतिमा लागेको हुँ ।’


चुनाव जितेर स्थानीय विकास मन्त्री बन्नासाथ आफ्ना प्रधानमन्त्री र सरकार समक्ष ग्रामीण स्वाबलम्वन कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक गाउँमा बाटो विजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार पु¥याउने ग्रामीण विकासको अभियान शुरु गर्न मैले सुझाएँ । हामीले पहिलोपटक गाविसमा पैसा पठाउन शुरु ग¥यौं । स्कुलहरुलाई जस्तापाता पठायौं । चार हजार गाउँमा एकैचोपटक स्वास्थ्य चौकी स्वाथ्य केन्द्रहरु खोल्यौं । टेलिफोनको विस्तार शुरु ग¥यौं । सातौं विद्युतीकरण योजना तनहुँको निर्वाचन क्षेत्र नम्बर १ मा पनि शुरु भयो । खानेपानीका योजनाहरु गाउँगाउँमा शुरु भए । पानीको स्रोत नभएका ठाउँहरुमा पनि आकाशे पानी सङ्कलन र पछि लिफ्ट खानेपानी र सिंचाई योजना समेत शुरु भए । आज मादीको पानी तानेर दमौलीमा खादैछौं । वैरेनी, चिन्तुटार जस्ता सुख्खा टारहरुमा लिफ्ट सिचाई शुरु गरेका छौं । 
पहिलो पटक मन्त्री बनेर जिल्ला फर्कदा स्वास्थ्य चौकी उद्घाटन गर्न नौ ओटा गाडी लिएर मैबलको डाँडोमा उक्लिएको घटना मेरो मानसपटलमा आज पनि ताजै छ । मिर्लुङ्ग, पोखरीछापमा मोटर चढेर पुग्दा बजेका मिर्लुङ्गे बाजा अहिले पनि कानमा रन्किरहेजस्तो लाग्छ  । आज तनहुँका प्रत्येक डाँडाकाँडामा देवघाटदेखि राईपुरकोटसम्म पुट्टारदेखि चोक चिसापानीसम्म सर्वत्र मोटर कुदेका छन् । स्कुल, क्याम्पस र कलेजका भवनमा  झल्झलाउँदा छानाहरु झल्किरहेका छन् । 
करौडौको लागतामा बनेका स्वास्थ्य केन्द्रका भवनहरू जताजतै झल्किरहेका छन् । सञ्चार सुविधामा चमत्कार भएको छ । तनहुँको कर्णाली भनेर चिनिने बैदी, छिपछिपे, कोटा र देवघाटका डाडाँहरु सडक यातयातले वेष्टित भएका छन् । सेती, मादी, त्रिशुली, मस्र्याङ्गदी र काली नदीमात्र हैन अन्य खोलानालामा  समेत भोलुङ्गे पुल र ठूलाठूला मोटरेवल पुलले हाम्रा विकट बस्तीहरु सुगम बन्दैछन् । वुद्धसिंह मार्गको निर्माणले गण्डकी र धौलागिरी मधेसबाट ३० किलोमिटर नजिक हँुदैछन् । 
हो, यो अवधिमा यति काम भएर मात्र पुग्ने हैन । धेरै काम हुनुपर्ने थियो तर यति काम पनि हामीले अत्यन्त प्रतिकुल अवस्थामा गरेका हौं । हामीलाई म ताक्छु मुढो, बन्चरो ताक्छ घुडा भएकै हो । हामीले केवल तीन वर्षको अवधिमा ग्रामीण विकासको जग हाल्न नपाउदै हामीमाथि वम प्रहार भयो । देशलाई कहिले ०५२ सालबाट शुरु भएको दशक लामो हिंसा, हत्या, कहिले रेलिङ्गभाच्ने ताण्डवहरु, कहिले राजाको प्रतिगमन, कहिले तराई आन्दोलनका साथै आपूर्ति समस्या, कहिले भूकम्पको धक्का त कहिले बाढी पहिरो प्रकोप र खासगरी नेपालमा कहिलै पनि राजनीतक व्यवस्थाको टुङ्गो लाग्न नदिने अस्थिरता कायम गर्ने प्रपञ्चहरुले हामीलाई शुरुशुरुमा काम गर्न नदिएकै हुन् । यस्ता विपद् व्यहोर्न नपरेको भए अहिलेसम्म नेपाल साच्चिकै स्वीजरल्याण्ड बनिसक्ने थियो । 
शान्ति प्रकृया टुग्याई संविधानसभाबाट संविधान निर्माण गर्ने र राजनैतिक व्यवस्थाको टुङ्गो लगाउने, अभियानमा हामीले केही समय बिताउनु प¥यो । राजनैतिक विवादहरुको टुङ्गो लागेपछि विकास र जनताको जीवनस्तर उठाउने समृद्धिको अभियानमा जुटन परेको छ  । राजनैतिक कारणहरुले पुनंसंरचाना भएका हाम्रा स्थानीय तह, निर्वाचन क्षेत्रहरु, प्रदेश तथा संघीय सरकारमा निष्ठावान व्यक्तिहरुको उपस्थितिले मुलुक अवश्य आशा र भरोसासहित अगाडि बढ्नेछ । 
“महङ्गो योजना भयो” भन्दाभन्दै पनि मेरो निरन्तरको प्रयासका कारण ४२ अर्बको सेती जलासययुक्त आयोजना एमाले मन्त्रीले विथोल्न खोज्दा खोज्दै पनि अहिले तनहूँमा आएको छ । त्यसरी नै मैले विशेष प्रयास गरेर गिरिजाप्रसाद कोइराला स्वासप्रस्वास केन्द्र तनहूँमा लगेको हूँ । अहिले त्यसलाई ठूलो शिक्षण अस्पतालकै रुपमा निर्माण गर्ने सहमति भारतसँग भैसकेको कुरा त्यहाँका प्रधानमन्त्रीले घोषणा गरिसकेका छन् । अब हाम्रो ४ नं प्रदेशको ठूलो अस्पताल तनहुँमा बन्दै छ । भारतीय राजदुतसँगको सम्बादले गर्दा खैरेनीदुलेगौडामा जी.पी.कोइराला स्वासप्रस्वास केन्द्र जो, धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मोडेलको शिक्षण अस्पताल सहितको विशाल स्वास्थ्य प्रतिष्ठान मित्रराष्ट्र भारतको सहयोगमा बन्ने भएको छ । यता वन्दीपुर र दमौली अस्पतालको क्षमता विस्तार पनि अघि बढ्दै छन् । 
तीन वर्ष अगाडि दोस्रो तनहुँ महोत्सवको समापन गर्दै मैले भनेको थिए – “मैले दमौली गा.वि.सलाई व्यास नगरपालिका त बनाए तर अहिलेसम्म नगरको आकार भन्नु २, १० र ११ वडामा मात्र सीमित छ । अब म यो नगरलाई विस्तार गरेर मिर्लुङ्गकोट, कोटा, वैदी, गलेखाम, राईकोट र रिसिङ्गकोटतिर विस्तार गर्न चाहान्छु ।” 
अहिले त्यो काम दिनानुदिन अघि बढ्दै छ । तनहुँसुर सडक, क्यामिन मार्ग, केशवटार मार्ग , कालिकामार्ग, भानु मार्ग, छाब्दी वरहा मार्ग, सिन्धुमार्ग र काँहुशिवपुर तथा मानुङ्गकोटमा  कालोपत्रे सडक कार्यक्रम शुरु भैसकेका छन् । एक दुई वर्ष भित्रैमा ती सम्पन्न हुनेवाला पनि छन् । ए.डि.वी र वल्र्ड वैकको सहयोगमा भिमाद भीरकोट र भीमकाली मार्ग कालोपत्रे हुदैछन् । राईपुर लगायत तनहूँका सबै डाडाँ काडाँमा पीच रोड उक्लदै छन् । मानुङ्गडाडा, दुम्सीचौर, फराकचौर, रानीगाउँमा पक्की सडक बनिरहेका छन् । 
मेरो राजनीति लहडको राजनीति हैन । म उच्च मिसनका लागि स्पष्ट भिजनका साथ राजनीतिमा छु । मैले “गाउँमै बसौं–बसौं”को आधा बाटो तय गरिसकेको छु । थुपै्र पूर्वाधार तयार भैसकेका छन् । तर  यो अझै अधुरो छ । मैले गाउँमै बसौ–बसौं बनाउन यतिका काम गरिसके पनि एकातिर त्यतिका सुविधा गाउँमा पुगिसक्दा गाउँभने अझै रित्ता हुदैछन् । सबै सुविधा गाउँमा पुगिसके तर गाउँ रित्तिदैछन् । यो विडम्बनापूर्ण अवस्था किन हो ? केले हो ? हुदाँहुदाँ गाउँबाट मात्र हैन देशबाटै जनशक्ति रित्तिदै छ । हाम्रा युवा कामको खोजीमा संसारभरि फिजिदै छन् । यो किन भैरहेछ ? उत्तर स्पष्ट छ । यहाँ अझै गरीवी, अभाव र वेरोजगारी व्याप्त छ । आम्दानीका आधार खडा भएका छैनन् । 
अब म यो समस्यातिर केन्द्रित भैरहेको छु । केही वर्ष यताआएर मैले मेरा साथीहरूसँग भन्ने गरेको छु – “यतिन्जेल हामीले विकासका पूर्वाधार निर्माणका कुरामा अगुवाई ग¥यौं, अब जनताको आदानी बढाउने काममा अगुवाई गर्नुपर्छ ।” 
मैले नेपालको उन्नतिका तीन मुख्य आधारहरू भन्ने गरेको छु – १. कृषि क्रान्ति २. पर्यटनको विस्तार ३. उर्जा शक्तिको विकास । यिनै माध्यमबाट अब विदेशिएको नेपाली मनलाई स्वदेशमै बसौं–बसौं बनाउनुपर्छ । 
कृषि 
तनहूँमा यस दिशातर्फ ठोस काम हुँदैछन् । ठाउँ–ठाउँमा नयाँ कृषि फर्म– गाईपालन, वाख्रापालन, कुखुरापालन, मत्यपालन, तरकारी र फलफूल खेतीका फर्महरु खुलिरहेका छन् । व्यास ५, ६, ७, ८, ९, १० र ११ वडाहरू मिलाएर हालैमात्र कृषि मन्त्रालयले कृषि जोन घोषणा गरेको छ । आवँुखैरेनीदेखि याम्पासम्मको क्षेत्र पनि कृषि जोनकारूपमा अगाडि वढाइएको छ । त्यसबाट कृषकहरूले मनग्य सुविधा लिन सक्नेछन् । 

सिंचाई
सिंचाई मन्त्रालयले नयाँ प्रविधिसहितको टार सिंचाई योजना अघि बढाएर योजनाको  कार्यालय तनहँुमा भर्खरै स्थापना भएको छ । अब हाम्रा मस्र्याङ्गदी किनार, मादी किनार, सेती र काली किनारका ठूला टारहरुमा सिंचाई सुविधा उपलब्ध गराइनेछ । एवंरीतले नयाँ प्रविधि, आधुनिक औजार र व्यवसायीकरणका माध्यमले कृषिलाई थोरै मेहेनेत र कम लागतमा धेरै आम्दानी दिने पेशामा परिणत गरिदैछ । धुस्रे, मैले र दुःखी किसानका ठाउँमा सुकिला, मुकिला र सुखी सम्पन्न किसानको परिकल्पना अघि आउदैछ, जसबाट यसबाट ठूलो रोजगारीका अवसर खडा हुदैछ । 
पर्यटन
त्यस्तै पर्यटनको विस्तारका लागि हामीले व्यास परासर एकीकृत विकास योजनाअघि सारेर त्यसको गुरुयोजना तयार गरिसकेका छौं । देवघाट क्षेत्र, दमौली व्यास परासर क्षेत्र, थानीकोस्थान, छाब्दी वराह, ढोरवराहा र क्यामिन कालीका, अजम्बरी देवी र थुमथुममा रहेका देवी स्थान र शिवालय अनि भगेर स्थानहरु हाम्रो संस्कृतिका अमूल्य निधिहरु छन् । अहिले हामी तिनको विकासमा लागेका छौं । व्यास परासर एकृकीत पर्यटन विकास कार्यक्रम अघि वढदैछ । गुरु योजना तयार भैसकेको छ । विशेषगरी नेपाल र भारतका करोडौं हिन्दुहरुको आर्कषक तीर्थस्थल बनाएर तनहुँमा धार्मिक पर्यटनको विवकास गर्न सकिनेछ । वेद व्यासको भव्य मूर्तिसहित व्यास गुफाको विकास त्यस क्षेत्रमा व्यास भूmला, मत्स्यगन्धा सरोवर र सत्यवती बालउद्यान सहित अनेक हरियाली पार्कको निर्माणबाट दमौलीमा पर्यावरणीय सन्तुलनका साथै पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ । 
त्यसरी नै भानु जन्मस्थलको विकास गरेर नेपालभरिको ठूलो साहित्यिक तीर्थस्थल चुदींरम्घामा  निर्माण हुदैछ । रम्घा डाँडाको वारको पार लहरै नेपालका सात प्रदेश प्रतिविम््िबत हुने सप्तधाम, नेपाल आमा भवन, रामायण भवन र मूर्धन्य साहित्यकारहरुका स्मारकहरु सहित भानु वगैचा नाम दिएर ठूलो साहित्यिक तीर्थ स्थलको निर्माण शुरु गरिएको छ  । जस्ले गर्दा चुँदी क्षेत्रलाई एउटा विशिष्ट साहित्यिक पर्यटन गन्तव्यमा परिणत गर्नेछ । त्यस्तै पाल्पावाट आएर सेनबंशी राजाले शासन चलाएको ऐतिहासिक तनहुँसुरको विकास गरी हाम्रो इतिहासको प्राचीन धरोहरमा हामी विचरण गर्न पुग्ने छौं र इतिहासको खोजकर्ताहरु र पुराना जमानाका जीवन शैली बुझ्न रमाउनेहरुका लागि ठूलो आकर्षणको केन्द्र र पर्यटन गन्तब्यका रुपमा हामी तनहुँसुर लगायतका ऐतिहासिक स्थलहरु, शहीद स्मारकहरु र अन्य प्राचीन महत्वका स्थलहरुको निर्माण कार्य अघि वढदैछन् । 
त्यसरी नै हाम्रा उच्च टाकुरा र डाँडाकाँडा अनि नदीनालाहरुको प्रयोग गरी हामी प्राकृतिक पर्यटनको विकास गर्दै छौं । छिम्केश्वरी, मिर्लुङ्गकोट, रिसिंङकोट, गलेखाम आदिको विकास तथा नदीहरुमा राफ्टिङको राम्रो प्रबन्ध गराई प्राकृतिक पर्यटनको विकास हामी गर्दै छौं ।
त्यस्तै हाम्रो जिल्ला संस्कृतिको पनि धनी छ । प्रसिद्ध कौरा नाच, मारुनी नृत्य, बालुन र झ्याउरे गीतको क्षेत्रमा पनि हामी धनी छौं । यिनको विकास र व्यवस्थापन गरी हामी साँस्कृतिक पर्यटन वृद्धि गर्न गइरहेका छौं । साथै रमणीय स्थानहरुमा खेलकुद मैदानहरुको निर्माण गराई सांस्कृतिक पर्यटनको  साथै खेलकुद पर्यटनको अर्को पाटो विकसित गर्न हामी लाग्दै छौं । 
पोखरामा निर्माण हुन गइरहेको क्षेत्रीय विमानस्थलबाट खैरेनीटार दमौली हुँदैं तनहुँतर्फ लक्षित गरी पृथ्वीराजमार्ग बिस्तारको योजना पनि शुरु भएको छ । यसबाट पोखरामा ओर्लने विदेशी पर्यटक तनहुँ, लम्जुङ, गोरखातर्फ आउन प्रेरित हुनेछन् । यसले पर्यटनको अझ बृद्धि भई हाम्रो जिल्लामा पर्यटन व्यबसाय फस्टाउने छ र ठूलो मात्रामा रोजगारी सिर्जना हुने छ ।

जलविद्युत 
त्यसरी नै उर्जा बिकासको क्षेत्रमा पनि हामी बिशेष प्रयास गरिरहेका छौं । सेती जलासययुक्त आयोजनाका साथसाथै तल्लो सेती जलविद्युत आयोजना शुरु गर्न मैले विद्युत प्राधिकरणलाई प्रेरित गरेको छु । त्यसको काम पनि चाडै शुरु हुदैछ । नेपाल विद्युत प्राधिकणले त्यसको लाइसेन्स लिइसकेको छ । यो योजनाले देशलाई अतिरिक्त १०५ मेघावट विद्युत उपलब्ध गराउने छ भने यो ऊर्जा शक्तिलाई हामी एक रसायनिक मल कारखाना तनहुँमै स्थापना गर्ने सक्नेछौं र ठूलो औद्योगिक विकाससँगै रोजगारी सिर्जना हुनेछ । तनहुँका अहिलेसम्म पछि परेका बन्दिपुर र दक्षिणको हाम्रो कछार क्षेत्र जगमगाउने छ र  स्यानीय वासिन्दाको जीवनस्तर निकैमाथि उठ्ने छ ।
शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण प्रगति हुँदैछ । गुणस्तरीय शिक्षामा तनहुँका दमौली, आबुखैरेनी र दुलेगौडा लगायतकाका कतिपय सामुदायिक विद्यालय निजीक्षेत्रका विद्यालयभन्दो गुणस्तरीय शिक्षा दिन सफल हुँदैछन् । नमुना विद्यालयको योजना अघि बढ्दै छ ।  हालै मात्र सिटीईभिटीलाई मैले भनेर नारेश्वरटारमा प्राविधिक शिक्षा शुरु भएको छ । त्यस्तै विभिन्न विद्यालयमा प्राविधिक शिक्षा शुरु हुदैछन् । जीवनोपयोगी शिक्षामा मेरो जोड रहेको छ । शीलवान र शिपवान नागारीक पेश गर्ने मेरो शैक्षिक उद्देश्य हो । 
खानेपानी 
खानेपानीको क्षेत्रमा तनहूँमा उल्लेखनीय काम भएका छन् । खानेपानीका मूल र सहज स्रोत भएजति गाउँ ठाउँलाई खानेपानी उपलब्ध गराएर र सहज स्रोत नभएका ठाउँमा आकाशे खानेपानी सङ्कलन योजना तथा लिफ्ट अर्थात सौर्य उर्जा र विद्युत ऊर्जावाट पनि तलवाट पानी तान्ने योजना सञ्चालन गराई सबैै गाउँवासीलाई खानेपानी दिने काम हामीले गरेका छौं । समग्रमा तनहुँ जिल्लामा भौतिक विकासको जुन जग बस्दैछ, जुन नयाँ काँचुली फेरिदैछ त्यो नेपालकै लागि एउटा नमूना, एउटा दृष्टान्त र सबैका लागि प्रेरणादायी उदाहरण बन्ने छ । 

सामुदायिक पुस्तकालय छात्रवास 
सामाजिक विकासका लागि सहकारी र सहशिक्षाका लागि तथा शिक्षण–प्रशिक्षण र बौद्धिक विकास, शारीरिक विकासका लागि गाउँगाउँमा सामुदायिक भवन, सहकारी भवन, पुस्तकालय भवन, छात्रावास भवनहरु निर्माण गरिएका छन् र यो चेतनाको स्तर उठाउने अनेक प्रयत्न भएका छन् । विशेषगरी महिलाहरुको सक्रियतामा भएका यस्ता कार्यहरु र युवाहरुको उत्साहमा उत्साह थप्न प्रशस्त आर्थिक सहयोग गरेको छु । 
तनहूँ जिल्ला मात्र हैन पूरै नेपालका लागि विकासको रथ अघि बढाउन देशमा शुसासन र स्वच्छ प्रशासनको खाँचो छ । मेरो प्रयाश त्यतातर्फ पनि केन्द्रित छ । भ्रष्टाचार, ढिलासुस्ती, कमिशनतन्त्र र नाफाखोरीको मैले सधै विरोध गरेको छु । राजनीतिमा हुने विकृतिहरु, महंगो निर्वाचनले लोकतन्त्रनै घायल हुन्छ र मुलुकको विकासनै अवरुद्ध हुन्छ भन्ने धारणा मैले सदैव राख्दै आएको छु । सामाजिक न्याय सहितको आर्थिक समृद्धि मेरो अर्थ राजनीति हो । लोकतन्त्र रक्षा गर्ने र स्वतन्त्र र समतामूलक समाज साकार पार्ने मेरो जीवनको लक्ष्य हो । प्रजातान्त्रिक समाज भनेर मैले “निमुखालाई न्याय र विपन्नलाई आय” भन्ने बुझेको छु र त्यही वाटोमा म देशलाई हिडाउन चाहन्छु । 
सम्पूर्ण नेपालमा एक शहर एक पहिचान बनोस भन्ने मेरो सोच रहेको छ । यस सोच अन्र्तगत यस क्षेत्रलाई मेडिकल र शैक्षिक क्षेत्रको रुपमा विकास गर्ने दिर्घकालीन सोच रहेको छ भने सम्पूर्ण तनहुँ जिल्ला कृषि, पर्यटन, संस्कृति र शैक्षिक गन्तव्य बनाउने रणनीतिक योजनाका साथ मैले कार्य गर्ने लक्ष्य लिएको छु । यस धारणाका साथ अव देशको विकास र तनहूँको विकास चमत्कारिक ढंगले अगाडि वढ्नेछ भनेर म सवै जिल्लावासीलाई आहवान गर्न चाहान्छु – यसपालिको आमचुनावमा निर्धक्क भएर रुख चिन्हमा मतदान गर्नुहोस् । अब हाम्रा राम्रा दिन आइरहेका छन् । 
जय नेपाल !
मिति: २०७४/०७/०९  


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter