मैले बुझेको बीपी कोइराला
सन्दर्भ: बीपी जयन्ती अर्थात बीपीलाई सम्झिने दिन

अंगराज तिमिल्सिना 

हुन त सबै जिन्दगीहरु "थान्क्यु, डिएर जिन्दगी" नै हुन किन भने हरेक जिन्दगी प्रकृतीको सुन्दर उपहार ("युनिक एन्ड बिउटिफूल गिफ्ट") हो तर केही ऐतिहासिक ब्यक्तिहरूको जीन्दगीलाई केलाउने हो भने एकजना ब्यक्तिले एकबारको जुनीमा कसरी यति धेरै गर्न सक्छ होला त जस्तो लाग्छ । त्यही भएर यी जिन्दगीहरुलाई "मान्छे भन्दा माथीको जिन्दगी" (लार्जर देन लाइफ) को उपमा दिने गरिन्छ।

एक चोटी बीपीसंग नजीक भएर धेरै बर्ष काम गरेका र नेपालको न्यायीक क्षेत्रका एक तारा गणेश राज शर्माले तात्कालीन राजनीतीको केन्द्रमा रहेका बीपी कै भाइ गिरिजा प्रसादलाई सोधेका थिए, "गिरिजा बाबु, जनताले १५-२० बर्ष पछी कुन कामका लागी गिरिजा प्रसाद लाई सम्झिने छन त ?" सिधा जस्तो लाग्ने यो प्रश्न को जबाफ दिन गिरिजा बाबुलाई गार्हो परेको थियो किनकी बीपीको जस्तो बहु-आयामिक ब्यक्तित्व र साहित्य, राजनीती र बिदेश नीतीमा युगान्तकारी योगदान दिएका अरु नेता नेपालमा छैनन र यही भएकाले बीपी निसन्देह "नेताको पनि नेता" को कोटीमा पर्छन ।

बिपी र म जिइरहेको युगको बीचमा झन्डै एक सताब्दीको फासला छ अर्थात हामी दुई युगका प्रतीनिधी हौं तर "बीपीको लिगेसी" लाई केलाउदा बिपीको कदको राजनीतिज्ञ जन्मिन नेपालले अझै धेरै बर्ष कुर्नु पर्ने देखिन्छ।

तर नेपालको बिडम्बना के भने बीपीको "लिगेसी" लाई कि त "पार्टीकरण" कि त "पारिबारीकरण" गर्ने कोशीश भएको छ, जसले गर्दा अहिले को राजनीतीक पीढीले बीपीको लिगेसीबाट सक्दो सिक्न नसकेको हो कि भन्ने देखिएको छ । एकातिर देखाउनै का लागी बीपीको जन्म जयन्ती मनाइन्छ भने अर्को तिर बीपीको योगदानलाई यो कांग्रेसी नेता हो भनेर पन्छाउने गरिएको छ ।

बीपीको खुबी देखेर कम्युनिष्ठ दर्शनका कट्टर पक्षपाती तत्कालीन युगोस्लाभीयाका रास्ट्रपती जोसेफ मार्सल टिटोले बीपी कम्युनिष्ठ दर्शनलाई घोर बिरोध गर्छन भन्ने थाहा पाइ-पाइ बीपीलाई 'एशियाको क्षीतिजमा एक उदाउदो तारा" को संज्ञा दिएका थिए ।

२० औं सताब्दीको तीन लहर (थ्री वेब्स) को लोकन्तान्त्रीकरणले अहिले करीब-करी पुरै बिश्वबाट पुरातन बादी कम्युनिष्ठको राजनीतीक र आर्थीक दर्शन बिस्थापित भएको छ भने हाम्रै देशका कम्युनिष्ठहरु अहिले पनि बीपी लाई सत्रु जस्तै ठान्छन ।

कमजोरी नभएको मान्छे त मान्छे नै हुँदैन । उसलाई "भगवान" को "क्याटगोरी" मा राख्नु पर्ने हुन्छ । ब्यक्तीगत र राजनीतीक जीबनमा बीपीका कैयौं कमजोरी होलान (जस्तो कि युरोपमा मार्सबादको सान्दर्भिकता बिस्तारै हराउदै जादा बीपीलाई सैदान्तिकरुपले समाजबादको बिश्लेषण गर्न गार्हो भएको कुरा वा भारतलाई कहिले "बशु दैब कुटुम्बकं त कहिले हामी भारत बाट चनाखो हुनु पर्छ भन्ने दुई धारे नीती आदी) तर समग्रमा आफ्नै युग पुरुषको अनुभब र योगदान लाई कदर गर्न नसक्ने देशको राजनीतीक क्षेत्रले आफ्नो देशको भबिश्यको पनि कदर गर्दैन।

देशको अहिलेको राजनीतीक पुस्ताले बीपीको जीबन, दर्शन र योगदानबाट भरपुर सिकेर अघी बढोस, अनि मात्र बीपी प्रती सच्चा श्रद्दा सुमन हुनेछ । अस्तु !

साभार: तिमिल्सिनाको फेसबुक वाल 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

पहिलो गाँसमै ढुंगा

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २१ । एनआरएन अमेरिकाका दोश्रो कार्यकालका अध्यक्ष डाक्टर केशब पौडेललाई शपथ ग्रहण...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com