म्याग्दी प्रवासी नेपाली संघमा थापा निर्वाचित

14 दिन अगाडी

काठमाण्डौं, असोज २४ /नेपालको म्याग्दी जिल्लामा जन्मिएकाहरुको सञ्जाल विश्वका हरेक शहरमा पुगेको छ भन्दा त्यति अतिशयोक्ति हुँदैंन् । अमेरिकाको वाल्टिमोर देखि वेलायतको लण्डन अनि यूरोपका शहर देखि एशिया प्रशान्त सम्मको क्षेत्रमा विभिन्न व्यवसाय र पेशामा आवद्ध म्याग्देलीहरुले जन्मथलोको विकासको लागि म्याग्दी प्रवासी संघको माध्यमवाट विभिन्न कार्यक्रम र परियोजना सञ्चालन गर्दे आएका छन् । यसैसिलसिलामा दोश्रो अन्र्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । तीन दिनदेखि जारी महाधिवेशन दरबाङ घोषणापत्र जारी गर्दै समापन भएको हो ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रियको अध्यक्षमा चक्र थापा निर्वाचित हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा सोमबार राति सम्पन्न मोनाको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट न्यूजिल्याण्डमा रहनुभएका जिल्लाको धौलागिरि गाउँपालिका–७ धारापानीका थापाको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन भएको हो । 

महाधिवेशनबाट मोनाको वरिष्ठ उपाध्यक्षमा राधिका गुरुङ ९टीका०, उपाध्यक्षमा ओमनारायण जुग्जाली, योगकुमार फगामी, प्रेम रसाइली, महिला उपाध्यक्षमा भूगोल शेरचन, महासचिवमा मिम पुर्जा, सचिवमा हरि राम्जाली, विक्रम कार्की, कोषाध्यक्षमा रामबहादुर खड्का तथा सहकोषाध्यक्षमा लोकनाथ पौडेल चयन हुनुभएको छ । 

त्यसैगरी, महाधिवेशनबाट मोनाको युरोप महाद्वीप क्षेत्रीय संयोजकमा लक्ष्मण गर्बुजा, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा ददीलाल खड्का, अमेरिका क्षेत्रीय संयोजकमा ताराप्रसाद पुन, एशिया प्रशान्त क्षेत्रीय सहसंयोजकमा ताराबहादुर कार्की, महिला संयोजकमा पूर्णिमा पाइजालगायत चयन हुनुभएको छ । 

 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter