म किन डेलिगेट बनिन ?

4 महिना अगाडी

परशुराम भण्डारी 
म एनआरएन अमेरिकाको बिश्व सम्मेलनमा किन मनोनयन हुन सकिन? 
म एनआरएन अभियानमा निरन्तर सहभागी छु । अघिल्लो बर्षको निर्बाचनमा बोर्ड अफ डाइरेक्टर पदको उम्मेदवार थिएँ । थोरै मतले पराजित भएँ । भरखरै सम्पन्न भएको निर्बाचनमा समेत सो पदमा उम्मेदवार बनें । झिनो मतले पुन: पराजित नै भएँ तर पनि मेरो यो सस्थाप्रतिको लगाव रही नै रह्यो । डिसी,मेरिल्याण्ड भर्जिनियामा रहेका हरेक कार्यक्रममा मेरो सहभागिता रहेकै थियो। एनआरएन अमेरिकाको सहभागिता रहेको एभरेष्ट फेडेरल क्रेडिट युनियनको संस्थापक सदस्य बनें ,यस संस्थाबाट छरिएर रहेको पुँजीलाई संकलित गरी आत्मनिर्भर बन्न सकिन्छ र आफ्नो रकमबाट आफैंले सहुलियत दरमा ऋण लिई सानातिना काम गर्न सकिन्छ भन्ने बिश्वासका साथ त्यो अभियानका अभियन्ताहरूलाई साथ दिएं । एनआरएन अमेरिकाका बिभिन्न साधारण सभामा सहभागी बनें । नेपालमा भएको बाढीपीडितहरूको लागि कुनै पनि संघसस्थाबाट भन्दा एनआरएनए मार्फत नै सहभागी हुनुपर्ने कुरामा बिश्वास गर्दै सहभागिता जनाउन सहयोग गरें । नेपालीहरूको आफ्नो पहिचानको लागि सामुदायिक भबन र मन्दिर बनाउन एउटा अभियान बन्नुपर्छ भन्ने मान्यता राख्दै स्थानीय मन्दिरमा सहभागी भै त्यसलाई कसरी सबैको बनाउन सकिन्छ भन्ने अभियानमा रही रहें । नेपालीहरूले शुरूवात गरेको महापुराणहरू, नेपाल परेड डे , लगायत नेपाल र नेपालीहरूको हितका खातिर गरिने सबै काममा सहभागी भएँ ।
भरखरै सम्पन्न निर्बाचनमा कुनै पनि समुहमा नरही साझा उमेद्वार बनें,कुनै पनि अध्यक्षको तस्बीर टाँसिन तर पनि सम्मानजनक मत पाएँ। सबै मतदाताहरू प्रति म एक पटक नमन गर्दछु कि तपाईहरूको मतको म सधै सम्मान गर्दछु । 
म अहिलेको कार्यसमितिका पदाधिकारीहरूबाट मेरा यावत जिज्ञाशाको उत्तर चाहन्छु साथै यो डेलिगेट कमिटीबाट पनि मेरा यी प्रश्नको उत्तर चाहन्छु । मैले एनआरएन अमेरिकाको डेलिगेट बन्नको लागि के के रिक्वायरमेन्ट पुरा गर्नु पर्थ्यो ? मैले मलाई मतदान गर्ने मतदाताहरूलाई के उत्तर दिऊं ? 


Share this with your friends:


थप खबर...

Teej In Baltimore

Baltimore Teej ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

NRN MD New Team

NRN Maryland New Team ...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter